Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिलाई संघको युके महिला समितिद्वारा दुई...

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिलाई संघको युके महिला समितिद्वारा दुई लाख रकम हस्तान्तरण

पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिलाई जिल्ला समिति विस्तार गरेवापत संघमा आबद्ध विभिन्न व्यक्तित्व एवम् युकेस्थित संघकै महिला समितिले समितिका अध्यक्ष पुष्पा तेल्मे तमुलाई दुई लाख रकम हस्तान्तरण गरेको छ ।

शनिवार तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु तमुमार्फत् संघका पूर्व अध्यक्ष तथा संस्थापक सदस्यसमेत रहेका गौप्रसाद क्रोम्छें तमुको रोहवारमा उक्त रकम हस्तान्तरण गरेको हो ।

तमु प्ये ल्हु संघ युके महिला समितिले रु. ५० हजार, संघमा आबद्ध विभिन्न व्यक्तित्वबाट एक लाख ४० हजार र संघका पूर्व अध्यक्ष गौप्रसाद क्रोम्छें तमुले रु. १० हजार गरी २ लाख रकम समितिका अध्यक्ष तमुलाई हस्तान्तरण गरेको संघका केन्द्रीय महासचिव हर्क योज तमुले जानकारी दिए ।

गएको जेठ महिनामा महिला समितिले प्रदेश १ का ताप्लेजुङ्ग, इलाम, तेह्रथुम, सुनसरी, झापा र मोरङ जिल्लामा महिला जिल्ला समिति गठन गरी विस्तार गरेका थिए ।

संघको गठन २५ भन्दा बढी जिल्लाहरुमा शाखा विस्तार भएपनि गण्डकी र बागमती प्रदेशबाहेक अन्य ठाउँमा महिला समिति गठन हुन सकेको थिएन ।

समितिका अध्यक्ष पुष्पा तेल्मे तमुले यसप्रकारको सहयोगले शाखा विस्तार गर्न थप हौसला प्रदान गरेको बताउँदै दाताहरुप्रति हार्दिक आभार व्यक्ति गरिन् । समितिले पूर्व अध्यक्ष तथा संस्थापक सदस्य गौप्रसाद क्रोम्छें तमुलाई फेटालगाई सम्मान पनि गरेका थिए । – मादी न्युज

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments