Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिको अध्यक्षमा पुनः लोक बहादुर...

तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिको अध्यक्षमा पुनः लोक बहादुर टु क्ल्हेप्री तमु सर्वसम्मत निर्वाचित ।

तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिको अध्यक्षमा पुनः लोक बहादुर टु क्ल्हेप्री तमु सर्वसम्मत निर्वाचित ।
२१ फागुन २०७८ पोखरा
तमु(गुरुङ)को मौलिक बोन धर्म, शास्त्र, संस्कार, संस्कृति, परम्परा र रितिरिवाजको सम्रक्षण, सम्बर्द्धन गर्ने प्रतिष्ठित धार्मिक एवं सामाजिक संघ संस्था तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समितिको सातौं साधारण सभा तथा छैठौं अधिवेशनबाट  पुनः लोक बहादुर टु क्ल्हेप्री तमु  सर्वसम्मत निर्विरोध  निर्वाचित भएका छन् ।
संघको  शनिवार पोखरामा सम्पन्न सातौं साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी तिन वर्षका लागि पुनः अध्यक्षमा  लोक बहादुर टु क्ल्हेप्री तमुलाई सर्वसम्मत निर्विरोध  निर्वाचित गरेको  हुन् ।
त्यसै गरी अधिवेशनले तिनवर्षका लागि २४  सदस्यिय कार्य समिती निर्विरोध निर्वाचित समेत गरेको छ । संघको प्रथम उपाध्यक्षमा सन्तोष टु क्ल्हेप्री तमु, द्वितीय उपाध्यक्षमा गोपाल टु क्ल्हेप्री तमु, महासचिवमा दल बहादुर टु क्ल्हेप्री तमु, सचिवमा तोरण टु क्ल्हेप्री तमु, कोषाध्यक्षमा डमर टु क्ल्हेप्री तमु, सह कोषाध्यक्षमा दान बहादुर म्होब्जे तमु  निर्वाचित भएको संघको कानुनी सल्लाहाकार एवम निर्वाचन कमिटीका संयोजक कर्ण बहादुर ङ्गोप्छे तमुले जनाएका छन् ।
त्यसैगरी कार्यसमितीको सदस्यमा रत्न बहादुर टु क्ल्हेप्री तमु, प्रेम बहादुर टु क्ल्हेप्री तमु, हस्तबिर टु क्ल्हेप्री तमु, रेख बहादुर टु क्ल्हेप्री तमु, रुक बहादुर टु क्ल्हेप्री तमु, शेर बहादुर टु क्ल्हेप्री तमु,आश बहादुर टु क्ल्हेप्री तमु, छन्त म्होब्जे क्ल्हेप्री तमु, भिम बहादुर टु क्ल्हेप्री तमु, हितराम  टु क्ल्हेप्री तमु, सु. नन्दलाल क्रोम्छे क्ल्हेप्री तमु, संजय टु क्ल्हेप्री तमु, बिराज टु क्ल्हेप्री तमु, सु. चोक बहादुर टु क्ल्हेप्री तमु, अनुप टु क्ल्हेप्री तमु, शेर बहादुर क्रोम्जे क्ल्हेप्री तमु, होम कुमार टु क्ल्हेप्री तमु  रहेका छन् ।

यस अघि अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बल बहादुर टु क्ल्हेप्री तमुले समितिको खेगी चेलाहरुको उत्पादन, प्रशिक्षण गर्न र प्ये संकलन र प्रकाशन गर्न  आर्थिक कोष मजबुत  हुन  अपरिहार्य रहेको बताउदै समितिलाई तिरत्तर हजार तीन सय तेह्र (७३,३१३/-)रुपियाँ प्रदान गरे । उनले क्ल्हेप्री समिति मात्र होइन संघको पच्यु र बोन लम समितिमा पनि प्ये क्ष्य एकरुपता गरि  खेगी चेलाको उत्पादन, प्रशिक्षण गर्न र प्ये संकलन र प्रकाशन गर्ने कुरामा जोड दिए ।

समितिको महासचिव दलबहादुर टु क्ल्हेप्री तमु  द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डमर टु क्ल्हेप्री तमुले  प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई समितिले सर्बसम्मत  पारित समेत गरेको छ ।

कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टू तमु, निवर्तमान अध्यक्ष रुप बहादुर गरब्ज तमु, संघका सम्रक्षक एव काठमाडौं उपत्यकाका अध्यक्ष पूर्व नेपाल प्रहरी महानिरीक्षक((IGP) हेम बहादुर त्होर्जे तमु, बोन लम अध्यक्ष चोक बहादुर छइवारे लेम तमु, केन्द्रिय महिला समितिका अध्यक्ष पुष्प तेल्मे तमु, गण्डकी प्रदेशका अध्यक्ष उम प्हच्यु तमु, कास्की जिल्ला अध्यक्ष निम प्हच्यु तमु लगायतकाले आफ्ना मन्तब्य दिएका थिए |

समितिका महासचिव दल बहादुर टु तमुले संचालन गरेको कार्यक्रममा संघ, प्रदेश, जिल्ल र इकाई समिति र भातृ समितिका पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments