Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमेरुदण्ड रोगी कविता परियारलाई साझा उद्देश्य आमा समुह हङकङको आर्थिक सहयोग

मेरुदण्ड रोगी कविता परियारलाई साझा उद्देश्य आमा समुह हङकङको आर्थिक सहयोग

मेरुदण्ड रोगी कविता परियारलाई साझा उद्देश्य आमा समुह हङकङको आर्थिक सहयोग
२१ फागुन, पोखरा ।

दुइ वर्षदेखि मेरुदण्डको नशा चेपिएको कारणले बिस्तारमै थला परेकी माइती सिक्लेस हाल पोखरा ११ मा बस्ने कविता परियारलाई मेरुदण्ड रोगको उपचारका लागि साझा उद्देश्य आमा समुह हङकङले ठूलो आर्थिक सहयोग गरेको छन |

भिडियो (Video)

सिक्लेस पुरानो घर भइ हाल पोखरा ११ निवासी सामाजिक अभियन्ता लक्ष्मी गुरुङ, चिउली पाचे तमु समाज पोखराका अध्यक्ष, क्या. सम्सेर गुरुङ, उक्त समाजकै (आमा)समितिका उपाध्यक्ष लोक कुमारी गुरुङ र अभियान्तकर्ता साझा उद्देश्य आमा समूह हङकङका अध्यक्ष इन्द्र कुमारी गुरुङ र उपाध्यक्ष नेत्र कुमारी गुरुङको संयुक्त पहलमा मेरुदण्डको रोगले ग्रसित बिस्तारमै थला परेकी रोगी कविता परियारलाई मेरुदण्ड रोग उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो ।

संकलनबाट जम्मा भएको रकम १,९०,२०३ रुपियाँ साझा उद्देश्य आमा समूह हङकङ बाट प्राप्त भइ समाजका अध्यक्ष, क्या. सम्सेर गुरुङ, (आमा)समितिका उपाध्यक्ष लोक कुमारी गुरुङ र सामाजिक अभियन्ता लक्ष्मी गुरुङले मेरुदण्ड रोग उपचारको निम्ति प्राप्त भएको रकम पिडित कविता परियारलाई हस्तान्तरण गरिएको छ ।

साझा उद्देश्य आमा समूह हङकङबाट हरेक तीन तीन महिनामा नेपालको विभिन्न भेकमा दुख पीडा र समस्या मा परेका आर्थिक स्थिति एकदमै कमजोर भएका हरुलाई सहयोग गर्ने उद्देश्यले गठित गरिएको यो संस्थाको यो सहयोग १३ औ पटक को सहयोग हो भने यस भन्दा अगाडि यो संस्था ले विभिन्न रोग पिडित हरुलाई १२ औं पटक सहयोग गरि सक्नु भएको छ ।

फोटो एल्बम(Photo Album)

मेरुदण्ड रोगी कविता परियारलाई साझा उद्देश्य आमा समुह हङकङको आर्थिक सहयोग

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments