पोखरा भदौ १३ ।
ओपन डान्सीङ कम्पीटीसन २०७६ पोखरा स्टार सिजन टुको ग्रान्ड फिनाले सम्पन्न भएको छ । पोखरा स्टार सिजन टुको पहिलो र दोस्रो चरण पार गरी फाइनलमा प्रवेश गर्न सफल १५ जना प्रतियोगिले शनिबार पोखरा उधोग वाणिज्य संघको हलमा प्रतिस्पर्धाका लागी सहभागी भएका थिए। पोखरा स्टार सिजन टुका लागी अडिसन राउन्डमा ६१ जना सहभागी भएका थिए, जसमध्येवाट गा्रन्ड फिनालेमा १५ जना पुग्न सहभागी भएका थिए।
प्रतिस्पर्धीहरुमध्येवाट १४ जनालाई पछाडी पार्दै प्रथम स्थान हासिल गर्न सफल जेनिशा पुनले पच्चीस हजार नगद, मेडल, सर्टिफिकेट, टोकन अफ लभ, टिसट हात पारेकी थिइन् भने, यसैगरी क्रमश दोस्रो, तेस्रो, सान्तवना पुरस्कार मोनिका काउचा घर्ती मगर, सागची गुरुङ, अमृता राना मगरले नगद रु प्रन्ध हजार, दश हजार, पाँच हजार र साथमा मेडल, सर्टिफिकेट, टोकन अफ लभ, टिसट आफ्नो पोल्टामा पार्न सफल भएका थिए ।
यसैगरी उक्त प्रतियोगितामा वेस्ट युनिर्फम अन्तर्गत पवित्रा शाक्यले आफुलाई दर्ज गर्न सफल भएकी थिइन् भन,े दर्शक च्वाईस अन्तर्गत अनुष्चा गुरुङ छनोट भएकी थिइन् । प्रतियोगितामा अनुशासन तर्फ फोर्डन थापा छनोटमा पर्न सफल भएकी थिइन् ।पोखरा स्टार खुला एकल नृत्य प्रतियोगिताका लागी मुख्य प्रायोजक ह्याप्पी ड्रिकिङ्ग वाटर, सह–प्रायोजकमा लुक गुड निट वेयर तथा पिन्टीङ पार्टनरमा प्रफेक्ट पीन्टीङ सोलुसनले साथ दिएको थियो । निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक मिन गुरुङ, सन बहादुर गुरुङ तथा दुर्गा गुरुङ रहेका थिए ।
Photo Gallery
{vsig}photos/pokhara_star_seaso_2{/vsig}