बाजुङ, पर्बतमा दुर्गा गुरुङ मिलनद्वार राधाकृष्ण मन्दिरको समुद्घाटन
भाद्र ३ गते २०७६ / मणी गुरुङ/ बाजुङ । पर्बतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ्ग , गणेशटोल गैरीगाऊँमा नवनिर्मित राधाकृष्ण मन्दिरको पंडित राम प्रसाद पौडेलको मन्त्रोच्चारणको साथ मिलन फाउन्डेसन नेपालका सम्रक्षक, पर्वत मंच हंगकंगका अध्यक्ष एवं प्रमुख अतिथी दुर्गा गुरुङ “मिलन”द्वारा रातो रिबन काटी समुद्घाटन गरिएको छ ।
श्रीकृष्ण जन्मअष्ठामीको अवसरमा गाउँका महिला(आमा)समुहले श्रीकृष्ण जन्मअष्ठामीको व्रत बस्ने र अहिले राधाकृष्णको भजन प्रस्तुत गरिहेका पंडित राम प्रसाद पौडेलले जनाएको छ ।
उक्त कार्यक्रममा गुरुङ”मिलन”ले फाल्गु तमु आमा समुहलाई रु.६०००/- गैरी गाउँ आमा समुहलाई रु.६०००/- राम मन्दिर आमा समूह छापा फल्हालनेलाई रु.६०००/- पन्चेबाजा समुहलाई रु.८०००/- आर्थिक सहयोग गरेका थियो भने बाजा बजाउनेहरु प्रत्येकलाइ रु.१०००/-दरले सुमधुर मौलिक लोकबाजा बजाएकोमा फुल स्वरूप शिरमा लगाई धन्यवाद दिएका थिए |
मन्दिर निर्माण समितिका अध्यक्ष जय लाल सुबेदीको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दुर्गा गुरुङ “मिलन” आफु परदेशमा रहे पनि आफ्नो गाउँको धार्मिक, शैक्षिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सधै सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रमुख अतिथि, चन्दादाता नारायण क्षेत्री, फोटो पत्रकार एवं छ्याजलो न्युज डट कमका संचालक वेबसाइट प्रबन्धक मणी गुरुङ, विदेशबाट आएका चन्दादाता र अतिथीहरुलाई रातो अबिर, फुलको माला, खादा लगाई, पन्चे बाजा-गाजा बजाई मन्दिरमा भब्य स्वागत गरेका थिए | गाउँका आमा(महिला)समुह र युवाहरुले प्रमुख अतिथि र अन्य अतिथिहरुलाई नृत्य प्रस्तुत गरे | प्रमूख अतिथि गुरुङ”मिलन”ले पन्चे बाजाको तालमा युवा, आमा(महिला) समुह र गाउलेहरुसंग धोको पुग्ने गरि धुमधामका साथ नाचे |
कार्यक्रममा स्वागत मन्तब्य मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर हमालले दिएको थियो भने मोदी गाउँपालिका वडा नं. ५ का अध्यक्ष दलबहादुर मल्ल, नेकपा वडा इकाईका अध्यक्ष अम्बर बहादुर अधिकारी, बाजुंग पोखरा सम्पर्क समितिको अध्यक्ष क्या, रामकाजी गुरुङ लगायतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका सचिव मान बहादुर क्षेत्रीले सञ्चालन गरेका थिए ।
Photo Gallery
{vsig}photos/bajung_radhakrishna_mandir_udhgatan{/vsig}