Sunday, May 29, 2022
Google search engine
Homeअन्य | OTHER LINKखाना | FOODमिर्गौला पीडित सविना गुरुङलाई PKTS UK बाट रु. २,५७,३००/- सहयोग

मिर्गौला पीडित सविना गुरुङलाई PKTS UK बाट रु. २,५७,३००/- सहयोग

मिर्गौला पीडित सविना गुरुङलाई PKTS UK बाट रु. २,५७,३००/- सहयोग 

मंसिर २३, पोखरा । पर्वत, महाशिला-३ बालाकोट कोलडाँडाका मिर्गौला पीडित सविना गुरुङको उपचारका लागि पैयुँखोला तमु समाज यूकेबाट रु.२ लाख ५७ हजार ३ सय आर्थिक सहयोग प्राप्त भएको छ ।
स्थानीय उमेश गुरुङको अभियानमा वडा अध्यक्ष रोशन गुरुङको सिफारिसमा पोखरा-१५ नयाँगाउँ (हाल यूके) निवासी क्या.नर बहादुर पर्जु तमु र पैयुँखोला तमु समाज यूकेका अध्यक्ष ले.कर्ण प्रसाद योज तमुको नेतृत्वमा पीडित सविना गुरुङको उपचारका लागि समाजमा सहयोग संकलन गरिएको थियो ।

गोर्खाली रेडियो १०६ मेघाहर्जको समन्वयमा बालाकोट-होश्राङ्दी सम्पर्क तमु समाज पोखराका संस्थापक अध्यक्ष मोहन गुरुङको आतिथ्यतमा र आमन्त्रित पत्रकारहरुको रोहबरमा सो सहयोग रकम आज एक समारोह बीच हस्तान्तरण गरिएको हो ।

पीडित गुरुङको दुबै मिर्गौला फेल भएकोले हाल पोखरामा डायलासिस गरिरहेको र मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाउन लागिपरेको कुरा अभियान्त उमेश गुरुङले बताएको छ ।

यूकेबाट क्या.नर बहादुर पर्जु तमुले दिनुभएको विवरण अनुसार सविनालाई सहयोग गर्ने महानुभावहरुको नाम ठेगाना र सहयोग रकम जस्ताको त्यस्तै सम्प्रेषण गरिएको छ ।

 

भिडीयो – Video

 

Photo Album By Mani Gurung Video & Photography

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments