Homeअन्य | OTHER LINKखाना | FOODतमु प्ये ल्हु संघले सल्लाहकार, क्होईबो डिजाइनर एवं समाजसेवी ई. गुरुङलाई...

तमु प्ये ल्हु संघले सल्लाहकार, क्होईबो डिजाइनर एवं समाजसेवी ई. गुरुङलाई अन्तिम श्रद्धाञ्जली अर्पण

तमु प्ये ल्हु संघले सल्लाहकार, क्होईबो डिजाइनर एवं समाजसेवी  ई. गुरुङलाई अन्तिम श्रद्धाञ्जली अर्पण

मंगसिर ८ | तमु प्ये ल्हु संघले सल्लाहकार, फा-लि-ना क्होईबो प्राबिधिक डिजाइनर, पोखराका शिक्षासेवी, संचारउद्यमी, समाजसेवी एवं वातवरणविद ई. लेखबहादुर गुरुङलाई अन्तिम भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरि अन्तिम बिदाई गरेको छ|

पोखरा-११ फलिना क्होईबों, तमु प्ये ल्हु संघ, शक्तिघाट, सेतिनादी किनारामा तमु(गुरुङ) मौलिक बोन धर्म गुरुहरु पच्यु र क्ल्हेप्रीद्वार गुरुङ बोन धर्म, संस्कार र परम्परा अनुसार भएको हो | शवमा उनका २ छोराहरु शेखर र डा. शैलेस गुरुङ्गले दागबत्ती दिए | 

 

पोखरा इन्जीनियरिङ कलेजका संस्थापक प्रिन्सिपल तथा हिमचुली एफएमक संस्थापक ई. गुरुङको काठमाडौंको ग्रयान्डी अस्पतालमा उपचारकोक्रम्मा शनिबार दिउसो निधन भएको हो | उनि ६८ वर्षका थिए |

उहाँले स्थापना गरि थुप्रै इन्जिनियरहरु उत्पादन गरेका पोखरा इन्जीनियरिङ कलेज, फिर्केमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिएको थिए भने तमु(गुरुङ)को मौलिक बोन धर्म, संस्कार, संस्कृति भाषा र भेषभूषाको सम्रक्षण-सम्बर्द्धन गर्न उहाँ र गुरुङ अग्रजहरुले स्थापना, डिजाइन र निर्माण गरेको फलिना क्होईबों, तमु प्ये ल्हु संघ, शक्तिघाटमा अन्तिम दहा संस्कार(अन्त्यष्टि) गरेको थिए |

 

श्रदान्जली व्यक्त गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ,सामाजिक विकास मन्त्रि नरदेवी पुन गण्डकी प्रदेश सांसद कृष्ण थापा, राजिव पहरी, राजिव गुरुङ, तमु धिं नेपालका निवर्तमान अध्यक्ष कर्मा तमु, नेपाली काग्रेस केन्द्रीय निती अनुसन्धान तथा प्रशीक्षण प्रतिष्ठान केन्द्रीय सदस्य सरस्वती गुरुङ, अफान्ता र शुभचिन्तक लगायत पुगेका थिए | 

विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो | 

 

सफल शिक्षाविद्, समाजसेवी, एवं कुशल प्राध्यापक ई. लेखबहादुर गुरुङ्गको जन्म २०१० भदौ ५ मा स्याङ्गजा सिर्सेकोट मैदानमा भएको हो | उनि हाल पोखरा जरेवार्मा परिवार्स्न्गे बस्दै एक थिए | ई. गुरुङक  श्रीमती हिरा गुरुङ, २ छोराहरु शेखर गुरुङ र डा. शैलेस गुरुङ, २ बुहारीहरु, एक नाति र ३ बहिनि र ज्वोइहरु छन् |

Video:

Photo Gallery

{AG}er-lekhbahadur-gurung-last-rite{/AG}

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments