Homeसमाचार | NEWSसमाज | SOCIETYएन. जि. मिडिया अनरबाट पत्रकार गजेन्द्र गुरुङ सम्मानित हुने

एन. जि. मिडिया अनरबाट पत्रकार गजेन्द्र गुरुङ सम्मानित हुने

पाेखरा । पत्रकारिता क्षेत्रका एकजना सञ्चारकर्मीलाई सम्मान स्वारुप प्रदान गर्ने एन्. जी. मिडिया अनर (सञ्चार सम्मान) एन्. जी. (नेपाल गोर्खा) इन्टरटेनमेन्टको माउ कंम्पनी आमा डिजिटल म्यानेजमेन्ट एण्ड मार्केटिङ प्राईभेट लिमिटेडको टिमले नेपालगञ्च, कोहलपुर, बाँकेका काँचुली खबर डट कमका सम्पादक तथा प्रकाशक गजेन्द्र गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सञ्चार क्षेत्रमा आवाद्ध रहि सामाजिक योगदान पुराएकाहरु मध्येबाट एकजनालाई नगद पाँच हजार रुपैयाँसहित यो सम्मान प्रदान गरिएको हो । लक डाउनका कारण औपचारिक कार्यक्रम नगरि यो घोषणा गरिएको हो । सम्मान पत्र र रकम बिहिबार प्रदान गरिने छ ।

यसअघि, कान्तिपुर दैनिकसँग आवाद्ध, हाल कारोबार दैनिकमा कार्यरत, बिराटनगरका पत्रकार बेदराज पौड्याललाई पुरुस्कार प्रदान गरिएको थियो ।

सम्मान रकम कंम्पनीका निर्देशक नवीन गुरुङकी हङकङ्ग निवासी आमा श्रीमती सार्जन्ट दिल कुमारी गुरुङले प्रदान गर्दै आउनुभएको छ । आफ्नो श्रीमान् भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका सार्जन्ट स्वर्गिय बल बहादुर गुरुङको स्मृतिमा रकम उपलब्ध गराउदै आउनुभएको हो ।

कंम्पनीले हाल गोर्खा खबर डट कम, सोल्टी टिभी डट कम र सोल्टी टिभी, युट्यूब च्यानल संचालन गरिरहेको छ ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments