मिलान विश्व समाचार(www.mialnworld.news)का अध्यक्ष दुर्गा गुरुङ(मिलन)ले तमु पत्रकारहरुलाई १० हजार आर्थिक सहयोग
पोखरा | २२ जेष्ठ २०७७, बिहीबार
मिलान विश्व समाचार(www.mialnworld.news) का अध्यक्ष, हङ्गकङ्ग निवासी पर्वत मञ्च हङ्गकङ्गका अध्यक्ष, मिलन फाउण्डेशन नेपालका सम्रक्षक सामाजिक अभियन्ता दुर्गा गुरुङ(मिलन)ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको तमू पत्रकार आपतकालिन राहतकोषलाई दस हजार(१०,०००/-) रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ | उनी गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र “क्यु प्ह्रो छे” (भेडि गोठाले) को निर्माता समेत हुन् ।
तमू (गुरुङ) सञ्चारकर्मीहरुको केन्द्रिय संगठन तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले लक डाउनका कारण अत्यन्तै संकटमा परेका देशभरका तमू (गुरुङ) सञ्चारकर्मीहरुलाई राहत सहयोग उपलब्ध गराउनका लागि स्थापना गरेको आपतकालिन राहत कोषमा आर्थिक सहयोग संकलन शुरु भएको छ ।
तत्काललाई कोषबाट लक डाउनका कारण संकटमा रहेका पीडित तमू (गुरुङ) सञ्चारकर्मीहरुलाई सहयोग गर्ने भए पनि कोषलाई दिर्घकालिन रुपमा अन्य सहयोगका लागि पनि प्रयोग गरिनेछ ।

तमु बौद्ध सेवा समितिको तर्फबाट सहयोग प्राप्त गर्दै संघका कोषाध्यक्ष
राहत कोषमा तमु बौद्ध सेवा समिति, काठमाण्डौंको तर्फबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको, संघका कोषाध्यक्ष दिपेन्द्र गुरुङले जानकारी दिएका छन् ।
तमू प्ये ल्हु संघ गण्डकी प्रदेशका अध्यक्ष उम प्हच्यु तमू
त्यस्तै तमू प्ये ल्हु संघ गण्डकी प्रदेशका अध्यक्ष उम प्हच्यु तमूबाट ५ हजार रुपैंया प्राप्त भएको छ । भने संघकाे तर्फबाट रू २० हजार गरी राहतकाेषमा जम्माजम्मी रू. ५५ हजार जम्मा भैसकेकाे छ ।
पत्रकारितामा क्रियाशील रहेका तमू पत्रकारहरुलाई राहत आवश्यक परेमा अथवा कसैले कोषमा सहयोग गर्ने इच्छा भएमा संघकाअध्यक्ष तथा पदाधिकारीहरुलाई सम्पर्क गर्न संघले आग्रह समेत गरेको छ ।