Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमिलन फाउण्डेशन नेपालद्वारा पर्वतका तीन विद्यालयमा न्यानो कपडा वितरण

मिलन फाउण्डेशन नेपालद्वारा पर्वतका तीन विद्यालयमा न्यानो कपडा वितरण

पातीचौर (पर्वत), १४ पुस
मिलन फाउण्डेशन नेपालले पर्वतको मोदी गाउँपालिका वडा नं. ५ अन्तर्गतका तीन सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।


मोदी गाउँपालिका–५, खोलाखेतस्थित रिभरसाइड आधारभूत विद्यालय, कामीचौपारीस्थित विश्वशान्ति आधारभूत विद्यालय र लाम्पाटास्थित कृष्ण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आइतबार आयोजित एक कार्यक्रमका बीच स्वीटर र टोपी वितरण गरिएको हो । सो अवसरमा मोदी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दलबहादुर मल्लले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ “मिलन” र अध्यक्ष गंगाकुमारी गुरुङले न्यानो कपडा (स्वीटर र टोपी)का लागि सहयोग गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै वडाध्यक्ष मल्लले समाजसेवी दुर्गा गुरुङ “मिलन”ले मिलन फाउण्डेशन नेपालको स्थापना गरेर यस क्षेत्रमा निकै महत्वपूर्ण सामाजिक योगदान गरेको बताउनुभयो । विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गर्ने तथा न्यानो कपडा वितरण गर्नेलगायतका सामाजिक कार्यमा समाजसेवी गुरुङले दिएको योगदान प्रशंसनीय रहेको भन्दै सरसफाइ र स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो ।


तीन वटै विद्यालयमा छुट्टाछुट्टै भएको कार्यक्रममा रिभरसाइड आधारभूत विद्यालय, खोलाखेतका प्रधानाध्यापक सीता चर्मकार, विश्वशान्ति आधारभूत विद्यालय, कामीचौपारीका प्रधानाध्यापक हिरा प्रसाईं, कृष्ण आधारभूत विद्यालय, लाम्पाटाका प्रधानाध्यापक वीरेन्द्रप्रकाश हमाललगायतले मिलन फाउण्डेशन नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।


मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वरिष्ठ सल्लाहकार क्या. हितकाजी गुरुङले स्वागत र सचिव मदन गुरुङले सञ्चालन गर्नुभएको थियो । संरक्षक एवं संस्थापक दुर्गा गुरुङ “मिलन”को आफ्नै सहयोगमा सञ्चालित मिलन फाउण्डेशन नेपालले पर्वत, पाल्पा, लमजुङ, कास्की, चितवनलगायतका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments