Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमर्मतका लागि आजदेखि मनकामना केवलकार ५ दिन बन्द

मर्मतका लागि आजदेखि मनकामना केवलकार ५ दिन बन्द

कुरिनटार, २२ भदौ
मनकामना केबलकार आजदेखि पाँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामना स्थित केबलकार आजा आईतबार देखि भदौ २६ गते बिहिबार सम्म मर्मत–सम्भारका लागि भन्दै पाँच दिन सेवा बन्द गरेको हो ।

मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो ।मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको कायस्थले जानकारी दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments