Google search engine
Homeसाहित्य | LITERATURE“झर्न कान्छी “ म त भन्छु घान्द्रुकको अर्को सुन्दरता हो तिमी

“झर्न कान्छी “ म त भन्छु घान्द्रुकको अर्को सुन्दरता हो तिमी

“झर्न कान्छी “

कसैले भन्छन घान्द्रुकको सम्पत्ति हो तिमी
कसैले भन्छन घान्द्रुकको शान
कसैले भन्छन घान्द्रुकको गहना हो तिमी

कसैले भन्छन प्राकृतिको बरदान
म त भन्छु घान्द्रुकको अर्को सुन्दरता हो तिमी
म त भन्छु घान्द्रुकको अर्को सुन्दरता हो तिमी

छिमेकी भिचुक गाउको गर्ब बाट जन्म भएर
घान्द्रुक गाउँको अन्जुलीमा सजिन आयो तिमी
छङ् छङ् छुङ छुङ गर्दै तह तह गरी तल तल झरेर
घान्द्रुक गाउँको सिउदोमा रंगिन आयो तिमी
घान्द्रुक गाउँको सिउदोमा रंगिन आयो तिमी

घान्द्रुकको प्राकृतिक सुन्दरतामा सुन माथि सुघन्दा थपेर
दुनियाँलाई आफ्नु मुहानी झालमा पार्छौ तिमी
घान्द्रुकको नाम संसार भरी भरी चिनाएर
संसारको मन मुटुमा बस्न सफल हुन्छौ तिमी
संसारको मन मुटुमा बस्न सफल हुन्छौ तिमी

जन्म गाउँ भिचुक कर्मले डोरायो घान्द्रुक तिम्रो
अजमबरी नटुटने सम्बन्धको गाठो गास्न गयो हाम्रो
माइती गाउँ छायामा पर्न गयो भनी सानु मन नगर्नु है तिमीले
सृस्‍टिको नियम पालना गरी चित्ता बुजाउनु पर्छ है हामीले
सृस्‍टिको नियम पालना गरी चित्ता बुजाउनु पर्छ है हामीले

गम गुरुङ
घान्द्रुक कोट गाउँ (uk??)

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments