पाईला फिल्म प्रा.लि.को ब्यानरमा निर्माण भएको आस गुरुङ को कार्यकारी निर्माता बुद्ध कुमार गुरुङ, राज कुमार गुरुङ र अमिर गुरुङको सयुक्त लगानी रहेको माउत्सेतुङ गुरुङको लेखन/निर्देशीत गुरुङ कथानक चलचित्र “मि न्होर्बै ट(आखा भित्र को फुल)” पञ्चासे सेवा समितिको आयोजनामा बिशेष प्रदर्शन हङकङमा हुन लागिएको हो।
तमु जातीहरु को पौराणिक नृत्य´घाँटु`संरक्षण प्रबर्द्धनको लागि निर्माण गरिएको यस चलचित्रमा मुख्य भुमिकामा सुमन गुरुङ, खेमराज घले, सुमित गुरुङ, एलिजा गुरुङ, पबित्र गुरुङ,बिबेग गुरुङ, अमीर गुरुङ, दुर्गा गुरुङ, चन्द्र प्रसाद गुरुङ, धर्मदेब घले, आशिस गुरुङ र गल गुरुङ लाई पर्दामा देख्न सकिनेछ।घाटुसरि र फ्र्होछे बिचको अमर प्रेम कथामा आधारित नारीप्रधान यस चलचित्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका गिलुङ र टक्सार मा छायांकन गारिएको हो।
मिती : 9 february 2020 स्थान: Yau Ma Tai Communnity hall jordan समय: ६ बजे आयोजक :पञ्चासे सेवा समिति,हङकङ निर्माण पाइला फिल्मस प्रा.