Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONहङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थ पोष्टलाई स्वास्थ्य सामग्री सहयोग

हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थ पोष्टलाई स्वास्थ्य सामग्री सहयोग

 
बाजुङ्ग, पर्बत / बैशाख २७ / हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थ पोष्टलाई अति आवश्यक स्वास्थ सामग्री सहयोग गर्नुभएको छ । साथै उहाँहरुले मोदी गाउँपालिका बाजुङ वडा नं ५ पर्बतलाई मास्क र नयाँ क्यालेन्डर प्रदान गर्नुभएको छ ।
पुरानो घर बाजुङ्ग, फलाने गाउँ हाल हङकङ निवासी मिलन विश्व समाचार(www.milanworld.news)का अध्यक्ष ,मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन र अध्यक्ष गंगा कुमारी गुरुङ दम्पतीको आर्थिक सहयोगमा मिलन फाउन्डेसन नेपालद्धारा उक्त अति आवस्यक सामग्री सहयोग गर्नुभएको हो ।
 

कोरोनाको महामारीले सबैतिर असर पारीरहेको बेला आफ्नो गाउँलाई पनि असर पारेकोले स्वास्थकर्मीको लागि पी.पी.ई र पन्जा, गाउँबासी तथा बिरामीको लागि मास्क प्रदान गरिएको बताउनु भयो । उहाँले लकडाउन खोले लगत्तै हङकङबाटै ५ थान पि.पि.ई र टोपी पठाउने जानकारी पनि गराउनु भयो ।

मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङ र सचिव मदन गुरुङले पाँच थान पी.पी.ई, १ हजार पिस सर्जिकल पन्जा, १ हजार पिस सर्जिकल मास्क र १२ सय पिस नयाँ भीत्ते पात्रो बाजुङ हेल्थ पोष्ट सानो पाखाका इन्चार्ज गोकुल अधिकारी र पर्बत मोदी गाउँपालिका वडा नं ५ बाजुङका वडा अध्यक्ष दल बहादुर मल्ललाई संयुक्त रुपमा हस्तातरण गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि दलबहादुर मल्लले कोरोना कहरको बेला मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन दम्पतीले बिदेशमा रहेर पनि आफ्नो देश अनि जन्मथलोलाई माया गरि कोरोना विरुद्ध जुध्न र यसको रोकथाम तथा नियन्त्रणका लागि यति धेरै स्वास्थ सामाग्री सहयोग गर्नुभएकोमा गुरुङ दम्पतिलाई आफ्नो र वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ्र

यस अघि पनि हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थपोस्टलाई ४० हजार बराबरको फोटोकपी मेसिन १ थान ,ह्वील चियर १ थान ,स्ट्रेचर १ थान , डिजिटल ब्लड प्रेसर मेसिन १ थान, तापक्रम नाप्ने थर्मलगन २ थान , सुगर टेस्टर मेसिन १ थान र १५ सय किड , ईएनटी सामाग्री १ बक्स र एडजस्टिङ बेड १ थान लगायत विभिन्न प्रकारका औषधि तथा स्वास्थ सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममाअतिथिहरु  नेकपा पर्बत बाजुङका अध्यक्ष राजेश शाही, नेपाली कांग्रेस बाजुङ अध्यक्ष मानबहादुर अधिकारी, हेल्थपोस्ट इन्चार्ज गोकुल अधिकारी र बाजुङ पोखरा सहयोग समिति कास्कीका अध्यक्ष जयबहादुर(जयलाल)सुबेदी सहभागी भएका थिए |
 
फाउन्डेसनका  कार्यबाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव  मदन गुरुङले सन्चालन गरेका थिए |
Photo Album:
{vsig}photos/coron-covid-19-help-mf{/vsig}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments