Homeसमाचार | NEWSप्रबास | NRNपर्बत मंच हङकङद्धारा उप मेयर गुरुङलाई स्वागत तथा सम्मान

पर्बत मंच हङकङद्धारा उप मेयर गुरुङलाई स्वागत तथा सम्मान

पाे मा न पा का उप मेयर श्रीमती मंजु देबी गुरुङ लाई पर्बत मंच हङकङ द्धारा सम्मान तथा भेटघाट कार्यक्रम ।

अाज मिति २८ जनवरी २०२० काे बिहाना ८:३० बजे होटेल मडेर  जाेर्डनकाे सभा हलमा उँहाकै प्रमुख अातिथ्यमा र पर्बत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनकाे अध्यक्षता मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रममा बिशेष अतिथिहरुमा चारभङ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगा बहादुर गुरुङ, अार्थर डाँडाखर्क सहयाेग समिति हङकङका अध्यक्ष मनाेज गुरुङ, पंचासे समाज हङकङ, पर्बत क्लब हङकङका सचिब तिलक गुरुङ , जन सम्पर्क सेवा समिति हङकङका सभापति मीन बहादुर गुरुङ लगायत पर्बतबासी हरुकाे उपस्थिति रहेकाे थियाे ।

675

कार्यक्रममा पर्बत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलन ले पर्बत मंच काे बारेमा बाेल्नु भएका थियाे भने प्रमुख अतिथि मंजु देबी गुरुङ ले जनप्रतिनिधि काे रुपमा अाफुले गरेका कामहरुकाे बारेमा स्पस्ट पार्नु भएका थियाे।

अहिले भिजिट नेपाल २०२० बर्ष भएकाेले बिदेसमै भएपनि साे कार्यक्रम लाई सफल बनाउन हरेक काेण बाट साथसहयाेग गर्न अनुराेध गर्नुभयाे। कार्यक्रममा अध्यक्ष दुर्गा गुरुङ मिलन ले उप मेयर मंजु देबी गुरुङ लाई खदा र माया काे चिनाे ले सम्मान गर्नुभएको थियाे साथै सबै अतिथि हरुले पनि उँहालाई खदा ले सम्मान गर्नुभएको थियाे ।

कार्यक्रम पर्बत मंचका महासचिव बिध्या गुरुङ ले संचालन गर्नु भएकाे थियाे।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments