आर्थर डाँडाखर्क सहयाेग समिति हङकङ काे २० अाै बार्षिक उत्सब तथा भेटघाट कार्यक्रम
हङकङ २६ जनवरी २०२० का दिन ब्लु ओशन रेष्टुरेन्ट जाेर्डन मा साँझ ७ बजे मनाेज गुरुङ काे अध्यक्षता मा सम्पन्न कार्यक्रम काे प्रमुख अतिथि नेपाल बाट पाल्नुभएका पाे म न पा का उप मेयर श्रीमती मंजु देबी गुरुङ ले गर्नु भएकाे थियाे । साे कार्यक्रम मा बिशेष अतिथिहरु लगायत आर्थर डाँडाखर्क हङकङबासी हरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम का प्रमुख अतिथि लाई संस्थाकाे तर्फबाट अध्यक्ष ले माया काे चिनाे प्रदान गर्नु भयाे। साे कार्यक्रम मा नाचगान,भाग्यशाली चिठ्ठा लगायत का मनाेरन्जन कार्यक्रम हरु गरिएको थियाे ।
कार्यक्रम लाई भब्य सफलताको शुभकामना सहित प्रमुख अतिथि द्धारा अाफुलाई समाजले प्रमुख अतिथि काे निमन्त्रणा गर्नुभएकामा समाजलाई धन्यवाद तथा अाभार प्रकट गर्नुभयाे।
कार्यक्रम लाई संस्थाका उप अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत मन्तब्य दिनुभएकाे थियाे भने सचिव शिव राज गुरुङ ले संचालन गर्नु भएकाे थियाे ।
अन्तमा संथाकाे नया कार्यसमिति अध्यक्ष मनाेज गुरुङ काे टिम लाई नै पुन अाउने तीन बर्ष सम्मकाे लागि चयन गरियाे।