Homeसमाचार | NEWSसमाज | SOCIETYसामुहिक त्वों ल्होसार / ल्होछार मनाउन कस्केली तमूहरु जुटे

सामुहिक त्वों ल्होसार / ल्होछार मनाउन कस्केली तमूहरु जुटे

सामुहिक त्वों ल्होसार / ल्होछार मनाउन कस्केली तमूहरु जुटे
मंसिर १६, २०७८ | पोखरा । कस्केली तमुहरु त्वों ल्होछार\ल्होसार २०७८ सामुहिक रुपमा मनाउने तयारीमा जुटेकाछन्। तमु(गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको र गुरुङ फिल्म एशोसियसन(जिफान)मा तमुहरुको नयाँबर्ष(ल्होसार/ल्होछार)मनाउन जुटेका हुन।
आउदो पुस १५ गतेबाट आगमन हुने बाघ वर्ग अर्थात त्वों ल्होको अवसरमा सामुहिक रुपमा मनाउन विहिबार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विभिन्न तमु संघ सस्थाहरुले छलफल गरेका हुन।
तो ल्हो आगमनमा सामुहिक कार्यक्रमलाई भव्य र सभ्य रुपले मनाउन तमु कलाकार संघका तर्फबाट सुरेन्द्र तमु, जिफानका तर्फबाट भोजबहादुर तमु, तमु धिं नेपालका हुमबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका धर्म तमु, तमु ह्युला छोंज धिंका आसबहादुर तमु र दिलमाया तमु, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी पवित्रादेवी तमु, तमु प्ये ल्हु संघका निमबहादुर तमु र तमु साँस्कृतिक प्रतिष्ठान नेपालका श्रीजंग तमु रहेको सचिवालय गठन गरेको छ।
छलफल कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, तमु कलाकार संघका अध्यक्ष सुरेन्द्र तमु, जिफानका भोजबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमु, तमु ह्युला छोंज धिंका आसबहादुर तमु, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी कार्यवाहक अध्यक्ष पवित्रादेवी तमु,ङ्योए तमु धिंका अध्यक्ष मनबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चिजकाजी तमुले सामुहिक ल्होसार/ल्होछार प्रभावकारी बनाउन भनाई राख्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments