सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुन लागेका हुन्।
आज ब्रिगेड लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । उसले पहिलो खेलमा विभागीय टाेली एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गरेको थियो । ब्रिगेड ३ अंकका साथ पाँचौं स्थानमा छ ।
एनआरटी पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा मछिन्द्र क्लब २-१ गोल पराजित भएको थियो । अंक विहीन एनआरटी १२ औं स्थानमा छ ।
आजकाे दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ ।
मछिन्द्र आज लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा छ ।
आर्मी भने पहिलो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । आर्मी १ अंकका साथ आठौं स्थानमा छ ।
