Homeसमाचार | NEWSनेपाल | NEPALसमाजसेवी एवं शिक्षाप्रेमी तुलबहादुर गुरुङ रहेनन्

समाजसेवी एवं शिक्षाप्रेमी तुलबहादुर गुरुङ रहेनन्

समाजसेवी एवं शिक्षाप्रेमी तुलबहादुर गुरुङ रहेनन्

कार्तिक १४ | पोखरा 

शिक्षा क्षेत्र एवं  समाजसेवामा निरन्तर क्रियाशील स्थाई घर पोखरा-२१,धुवारकोट हाल पोखरा-१७ राष्ट्र बैंक चौक निवासी तुल बहादुर गुरुङ (प्हच्यु तमु)को निधन भएको छ |

८८ बर्षिय गुरुङलाई ५ दिन सम्म लगातार पखाला लागिरहेको कारणले  मणिपाल शिक्षाण अस्पताल पोखरामा उपचारको क्रममा  हिजो बिहिबार निधन भएको हो |

स्वर्गीय गुरुङका एक मात्र छोरा बेलायत(UK) र ५ छोरीहरु मध्ये २ छोरीहरु बेलायत(UK) र अमेरिकामा बसोबास गर्ने भएको हुँदा छोरा छोरी पोखरा, नेपालमा आइपुगे पछी मात्र अन्तिम  दाह संस्कार गर्ने भएको हुँदा उहाँको शवलाई मणिपाल शिक्षाण अस्पतालको शवगृहको चिसो कोठा(Mortuary, Cold Room)मा राखिएको छ |

उनि विभिन्न सामाजिक संघसंस्था र  शिक्षा क्षेत्र विद्यालयमा आबद्ध थिए | उनि श्री भविष्य निर्माण मा. बि, कृस्ति नाच्ने चौर, पोखरा-२१ र श्री चण्डीडाँडा मा.बि.फेदीखोला-१ मट्टिखाँन, स्याङ्गजाका स्व. लालबहादुर तमु(गुरुङ) स्मृति अक्षयकोषको संस्थापक हुन् | उहाँले आफ्ना स्वर्गीय बाबा लालबहादुर गुरुङको स्मृतिमा पोखरा-२१, कृस्ति नाच्ने चौर, कास्कीको  श्री भविस्य निर्माण माध्यमिक विद्यालयमा  दुइ लाख दुइ हजार रुपिया (रु.२,०२,०००/-) र श्री चण्डीडाँडा माध्यमिक विद्यालयमा रु तिन लाख तिन सय रुपियाँ(रु.३,००,३००/-)को गरिब तथा जेहेन्दर विधार्थीहरुलाई पढ्न सहयोगको लागि अक्षयकोष स्थापना गर्नु भएको छ | 

 

उहाँले आफ्नो गाउँको  धुवारकोट प्रा.बिद्यालय समिति, धुवारकोट गाउँ खानेपानी समति र पोखरा देखि धुवारकोट जाने मोटर बाटो समतिको सदस्य एवं अध्यक्ष भइ अर्थिक, भौतिक र नैतिक सहयोग गर्नु भएको छ |

उहाँ ज्यादै धार्मिक व्यक्ति हुनु हुन्थ्यो | आफ्नो तमु(गुरुङ) मौलिक प्राकृतिक बोन धर्म र हिन्दु धर्ममा ज्यादै आस्था राखी तमुको क्होईबो(मन्दिर) र हिन्दु मन्दिरमा पुजाअजा, प्राथना गर्दै क्होईबो र मन्दिर निर्माण गर्न आर्थिक सहयोग गर्नु हुन्थ्यो | उहाँले तमुको क्होईबो र मौलिक धर्म बोनको सम्रक्षण, सम्बर्द्धन, प्रचारप्रसार गर्नको लागि तमु प्ये ल्हु संघ पोखराले आयोजना गरेको थेबा त्हें(महा यज्ञ)लाई दुइ लाख पैसठी हजार(रु.२,६५,०००/-) आर्थिक सहयोग गर्नु  भएको थियो भने उहाँले धुवारकोट गाउँमा श्री स्वस्थानी पुजा एवं लाख बत्ति बाल्ने पुजा आयोजना गरि तत्कालिन नेपालका कानुन मन्त्रि नरहरी आचार्यलाई निमन्त्रणा गरि पहिलो चोटी  गाउँमा कानुन मन्त्रिलाई ल्याउनु भएको थियो |

स्व. गुरुङ्गको एक मात्र छोरा बेलायतबासी नुम तमु र युके र अमेरिकाबासी छोरीहरु नेपाल आइ पुगे पछी फालिन क्होईबो, तमु प्ये ल्हु संघ, पोखरा-११ शक्तीघाटमा दाह संस्कार गरिने छ | उनका एक कान्छा भाई र  बुहारी, एक छोरा र बुहारी, ५ छोरीहरु र ज्वोइहरु, ८ नातिनीहरू र ५ नातिहरु छन् | 

मिलन विश्व समाचार(www.milanworld.news) र गुरुङ मल्टिमिडियाका  प्रबन्धक निर्देशक मणीलाल गुरुङ स्व. गुरुङका जेठो छोरी-ज्वोई हुन् |

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments