संजिवनी दिदी बहिनी केन्द्र पोखरा कास्की अध्यक्षमा पूनः विना गुरुङ सर्वसहमत रुपमा चयन हुनुभएको छ । सोमबार पोखरामा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा ११ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा विमला श्रेष्ठ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, सारदा शर्मा र सरु अधिकारी रहनुभएको छ । समिति चयन हुनु अघि कार्यक्रमको उद्घाटन गर्नुहुँदै, कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्यसंघका अध्यक्ष पवन प्रजापतिले संस्थाले सह्रानिय काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । सामाजिक कार्यका लागि उद्योग वाणिज्यसंघले पनि सकेको सहयोग गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।
त्यसैगरी विशेष अतिथि तमु धि नेपालका अध्यक्ष हुमबहादुर तमुले बालबालिकाहरुलाई शिक्षाबाट बन्चित हुन नदिने दायित्व स्थानिय, प्रदेश र संघिय सरकारको भएकोले संस्थाले तीन तहका सरकारलाई झकझकाउनुपर्ने आग्रह गर्नुभयो । जसका लागि साथ र सहयोग दिने तमुले प्रतिवद्धता व्यक्त गर्नुभयोे । नाताका केन्द्रिय सदस्य कमला गुरुङले चुनौतिलाई अवसरको रुपमा लिएर अघि वढे सफलता मिल्ने बताउनुहँुदै संस्थालाई साथ र सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी कोपिला नेपाल सञ्चालक विना सिलवालले दुर्गम जिल्लाका जस्तै आर्थिक अवस्थाका कारण विद्यालय जान नपाएका बालबालिकाहरु पोखारामै पनि धेरै भएकाले यस्ता बालबालिकाहरुको खोजि गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्यसंघका नवनिर्वाचित अध्यक्ष पवन प्रजापतिलाई र उहाँको श्रीमती दिलमायालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । कमला गुरुङ, किरण गुरुङ, मनी गुरुङ, लगायतलाई पनि दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो भने, आजिवन सदस्यहरु विष्णु श्रेष्ठ, सवी श्रेष्ठ, कमला गुरुङ लगायतलाई खादाले सम्मान गरिएको थियो । विना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका संस्थापक सदस्य मिलन थापाले दिनुभएको थियो भने, कार्यक्रम सञ्चालन सचिव कौसिला गुरुङले गर्नुभएको थियो ।