Homeसमाचार | NEWSनेपाल | NEPALखेलकुद पत्रकारिता दुइ दिने तालिम तथा प्रशिक्षण सुरु

खेलकुद पत्रकारिता दुइ दिने तालिम तथा प्रशिक्षण सुरु

गण्डकी प्रदेश स्तरयि खेलकुद पत्रकारिता दुइ दिने तालिम तथा प्रशिक्षण मंगलबार देखि सुरु भएको छ । असोज २८ गते देखि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ बारे समाचार संकलनमा सहज हुने, उद्देश्यले तालिम तथा प्रशिक्षणको आयोजना गरिएको हो । राष्ट्रिय खेलकुद परिषद नेपालको आयोजना तथा नेपाल खेलकुद मञ्च गण्डकी प्रदेशको संयोजक र प्रदेश खलकुद परिषद, पोखरा महानगरपालिका लगायतको सहयोगमा पोखरा ६ स्थित वरपिपल रिर्सोटमा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य राजेस गुरुङले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा गुरुङले पोखरा रंगशालाको संचना व्यवस्थित हुने हो, भने पर्यटकीय क्षेत्रमा समेत विकास पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीयक खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मण योगी, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले तालिममा लिएका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।

साथै जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने लगायतले समाचार खोजमुलक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा खोखो, वक्सीङ, आर्चरी लगायतका खेल प्रतियोगिता बारे, प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments