Homeसमाचार | NEWSनेपाल | NEPALराष्ट्रिय संगीतकर्मी संघ कास्कीले २३ घर परिवारलाई राहत वितरण

राष्ट्रिय संगीतकर्मी संघ कास्कीले २३ घर परिवारलाई राहत वितरण

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीले २३ घर परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ का कारण सबै क्षेत्र प्रभावित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको भन्दै संघले राहत वितरण गरेको हो ।

संघले पाेखराका विभिन्न स्थानका २३घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।

संघका अध्यक्ष ऋषिराम दाहालले महामारीमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्धेश्य राखेर आफूहरु राहत वितरण अभियान सञ्चालन गरिएको बताए ।

राहत ग्रहण गर्दै स्थानीय सुत्केरी शान्ति परियारले  खुशी व्यक्त गर्दै संघप्रति आभार प्रकट गरेकि छिन् ।

संगितकर्मि संघका सल्लाहकार नारायण सिक्देलले  एकले अर्कोलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्काे सल्लाहकार फर्स बहादुर भाट क्षेत्रीले महामारीमा राष्ट्रिय संगीतकर्मी संघको सहयोग निकै महत्वपूर्ण हुने बताए ।

संघका जिल्ला इन्चार्ज लीला पौडेलले संघले कलाकारको हकहित संगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए।

साे कार्यक्रममा संघका सह सचिब राजन सुवेदीसंगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी समाजसेवी मित्रलाल सिक्देलकाे उपस्थिति रहेकाे थियाे।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments