Homeसमाचार | NEWSप्रबास | NRNमेजर खुसीमान गुरुङ एमभिओको मुख्य नेतृत्वमा बेलायतको वेल्समा ‘नेपाली भिलेज’ स्थापना गर्ने...

मेजर खुसीमान गुरुङ एमभिओको मुख्य नेतृत्वमा बेलायतको वेल्समा ‘नेपाली भिलेज’ स्थापना गर्ने निर्णय

मेजर खुसीमान गुरुङ एमभिओको मुख्य नेतृत्वमा बेलायतको वेल्समा ‘नेपाली भिलेज’ स्थापना गर्ने निर्णय
लन्डन १६ मार्च । लामो समयको विचार विमर्श, कानुनी परामर्श, विभिन्न सम्वद्ध क्षेत्रका जानकारहरुसँगको सल्लाह सुझाव तथा आवश्यक पूर्व गृहकार्य गर्दै बेलायती सेनाका पूर्वगोर्खा मेजर, नेपालको पोखरास्थित पर्यटकिय गाउँ धम्पुस र बेलायतको वेल्स राज्यस्थित ब्रेकनबीच आधिकारिकरूपमा गाँसीएको पहिलो मितेरी सम्वन्धका मुख्य योजनाकार साथसाथै विभिन्न सामाजिक काममा अग्रसर व्यक्तित्व मेजर ख़ुशीमान गुरुङ एमभीओको मुख्य नेतृत्वमा लामो समय बेलायतमा अनगिनत सामाजिक संस्थाहरु मार्फ़त नेपाल र नेपालीका लागी काम गर्दै आउनुभएका पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, अनि दुई दशक भन्दा धेरै बेलायतमा विभिन्न क्षेत्रको अनुभव बटुल्दै आवश्यक परेको ठाउमा मन वचन र कर्मले लागी पर्ने जसु मुशयन (गुरुङ) लगायत आठ जनाको विचार मिल्ने समुहले बेलायतको वेल्स राज्यको ब्रेकन विकनमा पर्ने वेल्सको अग्लो मध्यको (Pen-y-Fan) पेनवाईफ्यान पहाड़को वरपरको क्षेत्रलाई आधार बनाएर कम्तिमा १० -१५ एकड़ जग्गा किनेर व्यवसायिक हिसाबले संचालन हुने नेपाली भिलेज (NEPALI VILLAGE UK) को स्थापना गर्ने निर्णय यही गएको आइतबारको (१३/०३/२०२२) दिन एम्पायर हल अल्डरसटमा यसको बोर्ड अफ डायरेक्टरहरुको पहिलो प्रत्यक्ष बैठकले गरेको छ ।

विभिन्न चरणमा अगाडि बड्ने यो योजनाको उद्देश्य बेलायतलगायत युरोपकै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनाएर नेपाल र नेपाली कला, नेपालीशैली, परम्परा, संस्कृति झल्कने संरचनाहरु बनाउने, आवश्यक सुविधा सहित क्याम्पीङ साईटको व्यवस्था गर्ने, लगायत थुप्रै योजनाहरु रहेका छन । सकेसम्म धेरै नेपालीहरुलाई सहभागी गराउने उद्देश्य रहेको नेपाली भिलेज वेल्सले पहिलो चरणमा यही अप्रिल १ तारिख़बाट १०० जनाको लागी यो व्यवसायिक योजनामा लगानी गर्न ईच्छुक व्यक्तित्वहरुलाई सम्पर्क गर्न आवाहन गरिएको छ ।

नेपाली भिलेजमा पुग्ने जोकोही आगन्तुकलाई आफू नेपाल पुगेको महसूस गराउने प्रयास गर्ने उद्देश्य राखेको यो योजनाको लागी आवश्यक जग्गा खोज्ने काम सुरु गरिएको छ भने थुप्रै नेपालीहरु यसमा लगानी गरेर सहभागी हुन ईच्छा जनाएका छन् । थप जानकारीका निम्ती अध्यक्ष मेजर खुशीमान गुरुङ एमभीओ, उपाध्यक्ष मानप्रसाद गुरुङ अनि कोषाध्यक्ष जशु गुरुङ (07980 866001, 07363 522863, 07531 772064) लाई सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments