Homeसमाचार | NEWSनेपाल | NEPALगिलुङमा तमु क्होइबो धिंको उद्घाटन भव्यताका साथ सम्पन्न

गिलुङमा तमु क्होइबो धिंको उद्घाटन भव्यताका साथ सम्पन्न

गिलुङमा तमु क्होइबो धिंको उद्घाटन भव्यताका साथ सम्पन्न
६ चैत २०७८ शनिबार ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रिय उपमहासचिव माननीय पृथ्वीसुब्बा गुरुङको बाहुलीबाट लमजुङ जिल्ला क्होला सोंथर गाउँपालिका वडा नम्बर ९ गिलुङ (क्लिनो नासा) गाउँको चण्डीडाँडामा निर्मित क्होइबो(गुरुङ मौलिक बोन धर्मको मन्दिर)को हिजो चैत ४ गते शुक्रबार विधिवत समुद्घाटन भएको छ ।

तमु प्ये ल्हु संघ, गिलुङ क्होइबो धिं इकाई समितिद्वारा आयोजित गिलुङ क्होइबो धिं समुद्घाटन कार्यक्रमलाई इकाई अध्यक्ष देविजंग तमुले विधिवत उद्घाटन भएको घोषण गरेको हो ।

कोभिड-१९ कोरोना महामारीका कारण २०७४ सालमा स्थापित गिलुङ इकाई समितिका अनुसार क्होइबो धिंको निर्माण कार्य पहिल्यै सम्पन्न भएको तर उद्घाटन गर्न नसकिएको र हाल समय सहज भएसँगै उक्त क्होइबो धिंको विधिवत उद्घाटन गरिएको कुरा गिलुङ क्होइबो धिं इकाई समितिका सचिव होम राज तमुले जानकारी गराएको छ ।

कार्यक्रममा तमु प्ये ल्हु संघ, केन्द्रिय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको नेतृत्वमा केन्द्र, गण्डकी प्रदेश, कास्की जिल्ला, युवा, महिला र भातृ समितिको तर्फबाट प्रतिनिधित्व गर्दै उक्त उद्घाटन कार्यक्रममा सहभागी जनाउन एउटा जम्बो टिम गिलुङ पुगेका थिए ।

कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगी स्वदेश तथा बिदेशमा रहेका दाताहरुलाई फेटा, बख्यु, शाल र सम्मानपत्रले सम्मान गरेका थिए |

उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ यु.के.का अध्य्क्ष रन बहादुर टु क्ल्हीप्री गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टू क्ल्हेप्री गुरुङ, केन्द्रीय महिला समितिको अध्यक्ष पुष्प तेल्मे गुरुङ लगाएतले आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमलाई क्होइबो धिं नेपालका संयोजक आशिष तमुले स्वागत मन्तव्य र शान्ति आमा समूह गिलुङको साँस्कृतिक समुहले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सरकारको संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रिय उपमहासचिव माननीय पृथ्वीसुब्बा तमुको प्रमुख आतिथ्यतामा र गिलुङ क्होइबो धिं इकाई समितिका अध्यक्ष देविजंग तमुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सचिव होम राज तमुले सञ्चालन गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments