Homeसमाचार | NEWSनेपाल | NEPALमानिखेलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मानिखेलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मानिखेलका ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२ जेठ, २०८२

ललितपुर: महाङकाल गाउँपालिका वडा नं. २ मानिखेल, मानेचौंरस्थित श्री मानिखेल आधारभूत विद्यालयमा अध्ययनरत ७३ जना तामाङ, दलित तथा अन्य समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यो कार्यक्रम विद्यालय आउने वातावरण बढाउन, गत असोज १२ गतेको बाढी-पहिरोबाट प्रभावित विद्यार्थीहरूको मनोबल बृद्धि गर्न र भगवान बुद्धको २५६९औं जयन्तीको पावन अवसरमा आयोजना गरिएको हो।

यसरी लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा दुबई (युएई)मा कार्यरत गायिका, मोडल, साहित्यकार तथा सञ्चारकर्मी किशोरी मोक्तान तामाङ “सन्ध्या सुस्केरा”को जन्मदिनको उपलक्ष्यमा आफ्नै आर्थिक सहयोगले विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराइन्।

विद्यालयका प्रधानाध्यापक रामहरी दुलालले बताए अनुसार, समारोहमा वडा सदस्य तथा प्रमुख अतिथि देवीमाया सिंगार तामाङले विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सिल, इरेजर, कटर, स्केल लगायतका शैक्षिक सामग्री वितरण गरेकी छन्। यस अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष दीपक घिमिरे, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments