Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICबाजुङ "फलाल्ने गाउँ" चिनारी गीतको म्यूजिक भिडियो सार्बजनिक

बाजुङ “फलाल्ने गाउँ” चिनारी गीतको म्यूजिक भिडियो सार्बजनिक

बाजुङ “फलाल्ने गाउँ” चिनारी गीतको म्यूजिक भिडियो सार्बजनिक

३ पौष, २०७८ | पोखरा | फलाल्ने नासा (हाम्रो बाजुङ गाउँ) म्यूजिक भिडियो सार्वजनिक गरेको छ । मिलन फाउण्डेशनको आयोजना तथा मिलन डिजि ईन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा शनिबार पोखरा – १० उत्तमचोक स्थित लेकाली चुलोमा एक कार्यक्रमका साथ प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले सार्वजनिक गर्नुभएको हो ।

उक्त अवसरमा अध्यक्ष पौडेलले राज्यले गर्नुपर्ने विकासका काम गुरुङले गर्नुभएकोमा खुशी व्यक्त गर्नुहुँदै उँहाको सिको सवैले गर्न सके मुलुकले विकासमा फड्को मार्ने बताउनुभयो । गाउँपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुहुँदै अध्यक्ष पौडेलले प्राचिनकालिन कला र संस्कृति झल्कने पुरातात्विक महत्वका ऐतिहासिक मठमन्दिर, गुम्बा विहार लगायतका ओझेलमा परेका सम्पदालाई सवै सामुदाय मिलेर सार्वजानिक गर्नुपर्नेमा जोड दिनुभयो ।

फोटो ग्यालेरी १

 

गाउँदेखि शहर झरेर विभिन्न विषयमा अध्यायन गरेका युवायुवतीहरु अध्यायन सकिएपछि पूनः गाउँ फर्किएर विकासको काममा लागेको भिडियोले समेटेको छ । त्यतिमात्र नभएर गाउँमा सवै मिलेर कृषिलाई व्यवसायी रुपमा अघि वढाउन सके  विदेश पलायन भएका युवाहरुले गाउँमै रोजगार पाउने पनि भिडियोले समेटेको छ । गीतको शव्द तथा परिकल्पना समाजसेवी दुर्गा गुरुङ रहनुभएको छ भने, कोरियोग्राफि तथा निदेशक लव्सन गुरुङ, छायांकन प्रकाश गुरुङ (कास)ले गर्नुभएको छ ।

उर्मिला गुरुङ, विश्वआत्म गुरुङ (सिसि मानु) रहनुभएको छ । ड्रोन विकास ताम्राकार, समपादन नेत्र गुरुङ, निर्माता नन्दकुमारी गुरुङ र विक्रम कोने गुरुङ रहनुभएको छ । श्वर मिलन नेवारको रहेको छ भने, पोस्ट प्रोडक्सन नेत्र इन्टरटेनमेन्टले गरेको छ । समाजसेवी दुर्गा गुरुङको वुवा स्वर्गीय कर्पोरेसन नर बहादुर गुरुङको सम्झनामा बनेको भिडियो मादी गाउँपालिका पर्वत वडा नम्बर ५ बाजुङ गाउँमा छायांकन गरिएको छ ।

फोटो ग्यालेरी २ 

समाजसेवी दुर्गा गुरुङको ममतामयी आमा सावित्री कुमारी गुरुङको अध्यक्षतामा भएको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य मिलन फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी कुमारी गुरुङले राख्नुभएको थियो भने, कोरियोग्राफि तथा निर्देशक लब्सन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments