Homeसमाचार | NEWSखेलकुद | SPORTSचितवनकी सुप्रिका तमूस्योले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

चितवनकी सुप्रिका तमूस्योले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनकी सुप्रिका तमूस्योले ‘तेस्रो माउण्ट एभरेष्ट खुला तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्णपदक जित्न सफल भएकी छिन्।

विहीबार पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा भएको महिला ६७ केजी माथिको प्रतिस्पर्धाको उपाधि भिडन्तमा सुप्रिकाले भारतीय खेलाडी रियल आलुवालियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

असोज ६ गते देखि ९ सम्म चल्ने च्याम्पियनसिपको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा वल्र्ड तेक्वान्दो महासङ्घका अध्यक्ष डा.चोउ चुङ ओन,एसियन तेक्वान्दो फेडेरेसन का अध्यक्ष प्रोफेसर लिक्यु सिओक लगायतका उपस्थित रहेका थिए।

च्याम्पियनसिपमा सिनियर र जुनियर गरी १४ वर्षदेखि ६० वर्षमाथिका महिला तथा पुरुष १६ र पुम्सेतमा १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा भइरहेको छ ।च्याम्पियनसिपमा १३ देशका १ हजार ४ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments