Homeसमाचार | NEWSनेपाल | NEPALनेताघे साइप्रसको तेश्रो अधिवेशन सम्पन्न साइप्रस

नेताघे साइप्रसको तेश्रो अधिवेशन सम्पन्न साइप्रस

नेपाल तामाङ घेदुङ साइप्रसको तेश्रो अधिवेशन तथा छैठौं वार्षिक साधारण सभा संस्थापक अध्यक्ष नानू गोम्जा(सीता तामाङ) प्रमुख आतिथ्यमा लिमासोलस्थित गोर्खा किचेनमा भव्यताकासाथ आइतबार सम्पन्न भएको छ ।

नेताघे साइप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन तामाङको सभाध्यक्षतामा आयोजित उक्त अधिवेशन तथा वार्षिक साधारण सभामा साइप्रसमा रहेका प्रवासी नेपाली मञ्च अध्यक्ष श्यामलाल नेपाली, शेर्पा किदुक निवर्तमान अध्यक्ष निमदिकी शेर्पा, प्रवासी नेपाली मञ्च तथा युरो कमिटी युवा विभाग प्रमुख दातानन्द पाण्डे,पत्रकार महासंघ युरोप शाखा सम्पादक दिनेश गौतम, नेपाल जनप्रगतिशील मञ्च कोषाध्यक्ष लक्ष्मी लोप्चन तामाङ,तमु समाज प्रतिनिधि लक्ष्मी गुरुङ,मगर संघ प्रतिनिधि मीरा थापा, किराँत याक्थुम चुम्लुङ सह-सचिव एलिना लिम्बू,प्रवासी नेपाली मञ्च अध्यक्ष श्यामलाल नेपालीले लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

 

घेदुङ साइप्रसकी कार्यवाहक महासचिव निर्मला थिङ तामाङले स्वागत मन्तव्य,लामा विभागका विभागीय सदस्यहरुले मोलम पाठ गर्नुभएको अधिवेशन तथा वार्षिक साधारण सभामा घेदुङ साइप्रसका प्रमुख सल्लाहकार साङमो थोकर, संस्थापक सल्लाहकार ज्ञानु लामा, संस्थापक महासचिव तथा वर्तमान सल्लाहकार माया लोप्चन,सल्लाहकारहरु शर्मिला लोप्चन,संस्थापक अध्यक्ष नानू गोम्जा(सीता) तामाङ,पदाधिकारीहरु,सदस्यहरुको सहभागिता रहेका थिए ।

 

सम्पन्न अधिवेशन तथा वार्षिक साधारण सभाले नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति साइप्रसको अध्यक्षमा सुनिमायाँ डिम्डुङ तामाङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष निर्मला थिङ,उपाध्यक्ष राजु वाईबा,महासचिव राजमान ग्लान,सचिव कृपा घिसिङ,कोषाध्यक्ष किन्जाङ घिसिङ (बिपना),सहकोषाध्यक्ष सुवास थोकर,प्रवक्ता सानुमाया लोप्चन, लामा विभाग प्रमुख माया ग्लान, अनुशासन तथा मुल्यांकन विभाग प्रमुख सुमित्रा बम्जन,युवा विभाग प्रमुख आसुनी तामाङ ,सांस्कृतिक विभाग प्रमुख अङ्गेली तामाङ (माया) र सदस्यहरुमा क्रमशः खावा दोङ, विष्णुमाया घिसिङ,डिकु पाख्रीन,बबिता घिसिङ,अञ्जु घिसिङ,कमला थिङ, विशाल पाख्रीन,रञ्जु बम्जन, रञ्जिता तामाङ (छेपाल्मो), डोल्मा ह्योल्मो लामा,हर्कलाल थिङ,नानीमाया मोक्तान,सुष्मा पाख्रीन, लक्ष्मी लोप्चन, खुशी थिङ तामाङ रहेको कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित घेदुङ प्रवास कार्यसमिति साइप्रस महासचिव राजमान ग्लान तामाङले जनाएका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments