Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALओम शान्तिमा निःशुल्क स्वास्थ्य शिविर एवम् औषधी वितरण कार्यक्रम

ओम शान्तिमा निःशुल्क स्वास्थ्य शिविर एवम् औषधी वितरण कार्यक्रम

लायन्स् क्लब अफ पोखरा, भृकुटीको आयोजना एवम् ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय, नयाँबजार, पोखराको सहआयोजनामा आध्यात्मको बाटो पछ्याउँदै नैतिक शिक्षा ग्रहण गरिरहनुभएका साधक साधिकाहरु लगायत सर्वसाधारणलाई सहज रुपमा  स्वास्थ्य सेवा  पुर्याउने उद्येश्यले नयाँबजार स्थित ओम् शान्ति भवनमा नाक, कान, घाटी र आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर एवम् औषधी वितरण कार्यक्रम सम्पन्न भऐको छ।

 

लायन्स् क्लब भृकुटीका अध्यक्ष लायन गौरी कोइरालाको सभाधक्ष्यतामा रहेको कार्यक्रममा प्रमुख आतिथ्यता लायन्स कलब ३२५ एमका प्रमुख डिस्ट्रिक्ट सल्लाहकार लायन धनिराम बराल ज्यूको रहेको थियो । श्रीकृष्ण इएनटि केयर प्रा.लि. नयाँबजार, दृष्टि आँखा अस्पताल, नयाँबजार एवम् लाइफ केयर डाइगनोस्टिक प्रा. लि. न्यूरोडको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रमको संयोजकत्व लायन शान्ति पोख्रेल गौतम ज्यू, लायन सुष्मा रेग्मी ज्यू एवम् लायन कमला पाण्डे ज्यूले गर्नुभएको थियो ।

 

विशेष अतिथिको रुपमा रहनुभएका ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल ज्यू एवम् लायन मैना आर्याल ज्यूले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दृष्टि अस्पतालका अध्यक्ष महेश्वर पोख्रेल ज्यू, लाईफ केयर डाइगनोस्टिकका प्रवन्ध निर्देशक शुक्रराज कँडेल ज्यू ,ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय सञ्चालिका राजयोगिनी ब्र.कु. शोभा दिदी ज्यू, मणीपाल शिक्षण अस्पतालका नाक, कान, घाटी विभाग प्रमुख प्रो. डा कृष्ण कोइराला ज्यू, लायन पुष्पा आचार्य ज्यू, लायन मल्लिका आचार्य ज्यू, लायन बिष्णु बराल ज्यू, डा. विनयराज पाण्डे ज्यू, लायन सकुन्तला आचार्य ज्यू , डा विप्लव भुजेल ज्यू, डा अन्जिता हिराचन ज्यू , ला शोभा कुमारी पौडेल ज्यू लगायतको अतिथ्यता तथा सेवा सक्रियता रहेको थियो ।

 

करिब २०० जनाले निःशुल्क स्वास्थ्य सुविधाबाट लाभ लिनूभएको सो कार्यक्रममा  बिरामीहरुको मधुमेह तथा रक्तचाप जाँचको सुविधा पनि व्यवस्था गरिएको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लब पोखरा भृकुटीका प्रथम उपाधक्ष्य सम्झना रानाभाटले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments