Homeसमाचार | NEWSनेपाल | NEPALतमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे...

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न

चितवन । तमू ह्युल धोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनले १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ ।  घोषणापत्र तयारी समितिका संयोजक प्राडा योगेन्द्र तमूले घोषणापत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशमा तमूहरुको बाहुल्यता रहेकाले प्रदेशलाई तमुवान घोषणा गर्न अल्पकालिन तथा दीर्घकालिन रणनीति तय गर्ने निर्णय भएको बताए । अन्य प्रदेशहरुममा समेत तमुहरुको पहिचान र अधिकार सुनिश्चित गर्न तमू स्वशासित क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरु स्थापना गर्न पहल गरिने बताए। जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चत गर्ने, जातीय विभेद विरुद्ध आन्दोलन गर्ने, आदिवासी जनजातिका पहिचान र अधिकारी सुनिश्चित गर्न सरकारले सम्झौता गरेका अन्र्तराष्ट्रिय महासन्धिहरु कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख छन् ।

संघमा १ प्रतिशतभन्दा धेरै जनताले बोल्ने भाषा र प्रदेश ४ मा भाषा आयोगबाट सिफारिस भएअनुसार तमू र मगरको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्न माग गरेको छ । प्राथमिकदेखि उच्च तथा अनुसन्धानमूलक शिक्षामा तमू विद्यार्थीहरुलाई उचित छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, क्होला सों प्रे ट्होलाई राष्ट्रिय सम्पदाको सूचिमा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ । सुकदेव तमू, सुपति तमू, श्रीपति तमूलाई राष्ट्रिय सहिद, हर्क तमू झागल तमू, वंशु तमूलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

 

प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार – २१:३६:३२ बजे

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments