Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमू बौद्ध सेवा समितिद्धारा २६१ परिवारलाई राहत वितरण

तमू बौद्ध सेवा समितिद्धारा २६१ परिवारलाई राहत वितरण

तमू बौद्ध सेवा समितिद्धारा २६१ परिवारलाई राहत वितरण

काठमाडौं । परोपकारी संस्था तमू बौद्ध सेवा समितिले कोभिड १९ महामारीबाट समस्यामा परेका काठमाडौंका दुईसय ६१ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । समितिले सोमबार काठमाडौंको बिभिन्न तीन स्थानमा गरी पाँच लाख २५ हजार रकम बराबरको राहत सामाग्री वितरण गरेको जनाएको हो ।

समितिले बिहान अनामनगरस्थित आफ्नै प्राङ्गढ र भद्रा घले सेवा सदनमा गरी ८१ परिवारलाई राहत सामाग्री वितरण गरेको थियो । त्यसपछि डिल्लिबजारस्थित विजय मेमोरियल स्कुलमा एकसय परिवार र टेकुस्थित फोहोर मैला संकलन केन्द्रमा ८० परिवारलाई राहत सामाग्री वितरण ग¥यो ।

प्रत्येक परिवारलाई एक–एक हजारको दरले १० केजी चामल, दुई केजी चिउरा, आधा लिटर सन फ्लावरको तेल, एक केजी नुन, एक केजी दाल र आधा केजी न्युटलासहितको राहत सामाग्री वितरण गरिएको समितिले जनाएको छ ।

‘कोभिड १९ महामारीले अहिले सबैलाई समस्यामा पारेको छ । यो संकटको घडीमा समस्यामा परेको अर्काे परिवारलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो’, समितिका उपाध्यक्ष एवं राहत संकलन समितिका संयोजक क्याप्टन नारायण गुरुङले भने, ‘हाम्रो अभियानलाई विश्वास गरेर देश विदेशबाट सहयोग रकम प्राप्त भयो । त्यसअनुसार हामीले राहत सामाग्री उपलब्ध गराउन सफल भएका छौं ।’

समितिले सोमबार नै बिभिन्न संघ संस्था र स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तीहरुलाई समेत आर्थिक सहयोग प्रदान गरेको छ ।

समितिले गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) लाई ३० हजार तथा तमू (गुरुङ) संञ्चारकर्मी संघ, नेपाल (एटजोन) र तमू कलाकार संघलाई २०–२० हजार रकम सहयोग प्रदान गरेको छ । यस्तै मृगौलाको रोगबाट पीडित सम्पूर्ण तमू समाजका लामा गुरु ओम गुरुङलाई ४५ हजार रकम सहयोग प्रदान गरेको छ ।

यस्तै, मृगौला रोगबाट पीडित अन्य दुई बिरामी कर्ण घले र दीलमाया थापा मगरलाई पनि जनही २०–२० हजार रुपैयाँ प्रदान गरेको छ । सामाखुसीस्थित आशिर्बाद बृद्धाश्रमलाई २५ हजार रकम सहयोग गरिएको छ ।

राहत संकलन समितिका संयोजक गुरुङले सहयोग अभियान अझै जारी रहने जानकारी पनि दिए । ‘सहयोग रकम जुटाउने प्रयास झै जारी रहने छ । रकम जुटेसम्म हामी सहयोगको यो अभियानलाई जारी नै राख्ने छौं’, उनले भने ।

समितिले नेपाली समुदायले बिभिन्न समयमा बेहोर्दै आएको यस्ता संकटको समयमा मानवीय सहयोगको कार्यलाई सधै अघि बढाउँदै आइरहेको छ । गत २०६५ सालमा कोसी बाढीले ठूलो जनधनको क्षती पु¥याउँदासमेत समितिले त्यस क्षेत्रका बासिन्दालाई एकलाख ५३ हजार नगदसहित छुट्टै लत्ता कपडा सहयोग गरेको थियो । यस्तै, गत २०७२ सालको महाभूकम्पको बेलासमेत समितिले बिभिन्न स्थानमा गरी २२ लाख रकम सहयोग गरेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments