तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति तनहुँको नवनिर्मित कार्यालय भवनको उद्घाटनदमौली । व्यास नगरपालिका-३ दमौलीमा रहेको तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति तनहुँको नवनिर्मित कार्यालय भवनको आज एक समारोह बीच विधिवत उद्घाटन गरेका छन ।

तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी दस्तावेजलाई संरक्षण एवं सम्बर्द्धन गर्ने अभिप्रयले २०६४ सालमा तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति तनहुँ गठन भएको हो । समितिका वर्तमान अध्यक्ष जस बहादुर प्हच्यु तमुको अध्यक्षतामा भएको सो उद्घाटन समारोहका प्रमुख अतिथि तमु प्ये ल्हु संघ, केन्द्रिय कार्यसमितिका अध्यक्ष हितकाजी टु तमुद्वारा रिवन काटेर कार्यालयको विधिवत उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै तमु प्ये ल्हु संघ, केन्द्रिय समितिका महासचिव हर्क योज तमु, जिल्ला कार्यसमिति कास्कीका का.वा. अध्यक्ष निम प्हच्यु तमु, जिल्ला कार्यसमिति तनहुँका संस्थापक अध्यक्ष हस्तविर तमु, तमु प्ये ल्हु संघ, तनहुँका सल्लाहकार गंगादेवी टु तमु, आदिबासी जनजाति समन्वय समिति व्यास नगरसमितिका अध्यक्ष देब बहादुर तमु, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद तनहुँका अध्यक्ष खेमराज तमु, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सदस्य रग बहादुर तमुले तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी हिजो, आज र भोलिको आवस्यकता र चुनौती बारे आ-आफ्नो धारण राखेका थिए । साथै आगामी राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा बोन लेखी तमु जातिको पहिचान र अस्तित्व जोगाउन सबै क्षेत्रका तमुहरु एक ढिक्का हुनुको विकल्प नरहेको बताएका छन ।
उद्घाटन समारोहलाई तमु प्ये ल्हु संघ, तनहुँका सदस्य एवं क्ल्हेप्री गुरु राम प्रसाद टु तमुले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमलाई संघका सचिव अर्जुन प्ल्हें तमुले औपचारिक सञ्चालन गरेका थिए ।
