Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTजापानमा गुरुङ चलचित्र भेडी गोठालेको प्रदर्शन

जापानमा गुरुङ चलचित्र भेडी गोठालेको प्रदर्शन

जापानमा गुरुङ चलचित्र भेडी गोठालेको प्रदर्शन

असार,११ पोखरा । अक्सर धेरै चलचित्रहरु व्यवसायिक हिसाबका लागि निर्माण हुने गर्छन्।आफ्नो कला संस्कृति संरक्षण र प्रबर्दनका लागि चलचित्र निर्माण भए पनि कमर्शियल प्रयोजन नै निर्माणको अन्तत उदेश्य रहको पाईन्छ। तर चलचित्र भेडी गोठाले निर्माणमा भने यो बुझाई अपबाद बनेको छ।

मिलन डि.जि ईन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्मित गुरुङ चलचित्र क्यु प्ह्रो छे अर्थात भेडी गोठालेलाई कम्पनिका अध्यक्ष एबम् सामाजिक अभियन्ता साथै यस चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ (मिलन) र निर्माताहरु बिक्रम गुरुङ,बिजय गुरुङ,देउकि सिंजाली(दिपिका)ले भने नितान्त सामाजिक कार्यको लागि प्रदर्शन गर्दै आईरहनु भएको छ। बिगतदेखि कम्पनिले पोखरा काठमान्डौ प्रदर्शनबाट संकलित रकमलाई दोर्दि लम्जुङका मखमलि आमा समाज को सामुदायिक भबन निर्माणका लागि सहयाेग त्यस्तैगरी चरिकोट प्रदर्शनबाट संकलित रकम दोलखा तमु समाजको सहयोगको लागी साथसाथै हङ्कङ प्रदर्शनबाट संकलित रकम मिलन फाउन्डेसन नेपाल का लागि सहज सन्चालन हाेस भनेर अक्ष्ायकोष निर्माण प्हे ल्हु संघ लमजुङ द्वारा निर्माण गर्न लागिएको क्होईबो धिं भवन निर्माणका लागि यु ए ई , लमजुङ र कतार प्रदर्शन बाट उठुकाे सत प्रतिसत रकम सहयाेग साथै युके प्रदर्शनबाट संकलित रकम युके क्होइबो धिको खरिद काे लागि सहयाेग लगायत सोंपाल तमु समाज र गोर्खाली रेडियोद्वारा प्रदर्शन गरि संकलन गरिएको रकम द्वन्द्व पीडित आमा लिला गुरुङको सहयोगको लागि जस्ता एक उच्च उदाहरणिय सामाजिक कार्यको लागि समर्पित गर्दै फेरि पनि नेपाल मा गुरुङ भाषा पुस्तकालय स्थापना सहयोगार्थको लागि यस चलचित्रलाई नितान्त सामाजिक कार्यकै लागि जापान मा प्रदर्शन गर्न लागिएको छ।


तमु धिं नेपाल जापानको आयोजना तथा जापान मनि एक्स्जेन्ज (JME) को सहयोगमा यहि जुलाई २१ मा जापान सिनाकुबो स्थित टोक्यो रोधिघरमा दिन काे १२ बजे यस चलचित्रलाई प्रदर्शन गर्न लागिएको हो।

नेपालका विभिन्न शहरहरु काठमाडौ,पोखरा,लम्जुङ,स्याङ्जा,पर्बत र भारतको सिक्किम,कालिङ्पोङ,सिल्गुडी साथै USA,HK,UAE,कतार नेदरल्यान्ड लगायतका ठाँउहरुमा सफल प्रदर्शन गर्दै जापान अस्ट्रेलिया र ईजरायलमा प्रदर्शनको तयारी गरिरहेको यस चलचित्रले निक्कै नै सफल्ता पाईरहेको छ। दर्शकहरुले निकै रुचाईएको यस चलचित्रले अमेरिका स्थित २०१८ मा सप्पन्न नेपाल आदिवासी जनजाति चलचित्र महासंघ द्वारा आयोजित आदिवासी चलचित्र फ्लिम फेस्टीबलमा बेस्ट एक्टर(राजेश गुरुङ)र पपुल अवार्ड (सुबास गुरुङ-गणेश) को उपाधी समेत जितिसकेको छ।


लामो समय गुरुङ चलचित्र जगतमा कृयाशिल नायक एबम् निर्देशक गणेश गुरुङ(सुबास)ले लेखन निर्देशन गर्नुभएको भेडी गाठालेलाई लम्जुङको ईलामपोखरी भार्तेमा छायांकन गरिएको हो। त्यस्तै गरि चलचित्रमा राजेश गुरुङ,सुबाश गुरुङ,अस्मि गुरुङ,खुशी गुरुङ,मेखराज गुरुङ,सनम गुरुङ र ध्वज गुरुङको अभिनय देख्न सकिन्छ भने यस चलचित्रलाई प्रकाश गुरुङ(काश)ले छायांकन गरेका हुन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments