
गुरुङको शास्त्रमा आधारित चलचित्र ‘सिमि नासा’ अमेरीकामा प्रदशन हुने भएको छ । चलचित्र सिमि नासाको प्रीमियर शो यही जुलाई ५ तारिखमा United Gurung Society of America को आयोजनामा अमेरीकामा हुने निर्माता सबिता गुरुङले बताए ।
अमेरीकाको प्रीमियर शो लगत्तै यस चलचित्र साउन १८ गते भमरकोट पार्टी प्यालेस, पोखरामा VIP show हुदैछ भने यस चलिचत्रलाई देश तथा विदेशबाट माग आउने क्रम जारी रहेको तमु फिल्मस प्रा ली. ले जानकारी दिएको छ । निकै फरक र पृथक धारको कथाबस्तुमा निर्माण भएको चलचित्र ‘सिमि नासा’ को परिकल्पना गंगा को तमुले गरेको हो ।

चलचित्रमा अर्घुम गरे के हुन्छ ? नगरे के हुन्छ ? मान्छे मरेपछि कस्तो ठाऊँमा पुग्छ ? जस्ता जटिल कुरा समावेश गरिएको लेखक ई. रोशन गुरुङ बताउछन् । सबिता गुरुङ,भावना गुरुङ,मेनुका गुरुङ, भेगलाल गुरुङ,नन्द ब.गुरुङ, बुद्धि प्रसाद गुरुङ,इ.रोशन गुरुङ,करण गुरुङ(गोरा),गंगा को गुरुङको सयुक्त लगानीमा बनेको चलचित्रमा भेष गुरुङ, वसन्ती गुरुङ, प्रतिमा गुरुङ, खुशी गुरुङको मुख्य अभिनय रहेको छ चलचित्रलाई निर्देशन करण गुरुङ (गोरा)ले गरेका छन।
