क्लाइमेक्स आर्ट्स प्रोडक्सन प्रा. लि. को ब्यानरमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित बिसुद्ध गुरुङ भाषाको चलचित्र मारक्यु (सुनपानी) हङकङमा आउदो २७ अक्टोबर २०१९ मा प्रदर्शन गर्न पुगेका निर्माता, निर्देशक र कलाकारहरुलाई हङकङमा भब्य स्वागत गरे ।

चलचित्रका निर्माता एंव कलाकारहरुलाई हङकङ एयरपोर्टमा मिलन डीजी इन्टर नेशनल प्रा.लि.का अध्यक्ष, चलचित्र भेडीगोठालेका निर्माता एव हङकङ प्रदर्शन संयोजक दुर्गा मिलन गुरुङ, एचके दर्पण डट कमका सम्पादक अमृत गुरुङ र कलाकार माया गुरुङले हङकङ एयरपोर्टमा स्वागत गर्न पुगेका थिए |
चलचित्र प्रदर्शनी गर्न चलचित्रका निर्माता एंव प्रोडक्सन म्यनेजर चन्द्रा बहादुर गुरुङ कलाकारहरु खुशी माया गुरुङ, रोशनी गुरुङ, कमल बहादुर गुरुङ र गज बहादुर गुरुङ्(रबिन) चलचित्र लिएर आज हङकङ पुगेका हुन् | उक्त चलचित्र कुवेत, नेपालको काठमाडौं, लमजुङ र खैरेनीमा प्रदर्शन भई सकेको छ |
गुरुङ संस्कारमा निर्माण भएको मारक्यु (सुनपानी) जसले गुरुङ समाज भित्र रहेको संस्कार लाई बोकेको र चलचित्रले सुनपानी हाम्रो संस्कारमा के कस्तो कति महत्व छ भन्ने बारेमा निर्माण गरेको निर्माण पक्षको भनाइ छ । कारुणिक मय प्रेम कथा बस्तुमा समेट्दै दिदि भाइ बिचको सम्बन्ध लाई समाजमा चित्रण गराउदै कहिले हंसाउने कहिले रुवाउदै जिवनको उकाली ओराली बगेको एउटा पारिवारिक चलचित्र भएको नायक कमल गुरुङले बताएका छ्न भने चलचित्रकी नायिका तथा सह-निर्देशक खुशी गुरुङका भनाइ अनुसार चलचित्र सन्देश मुलक हुनुका साथै आफुले यस चलचित्रमा एउटा जिम्मेवारी दिदिले निभाउनु पर्ने कर्तव्य बाट आफ्नो जिवनको बाजि राखेर भाइको उज्वल भविष्यको लागि आफ्नो जिवनका सारा खुशीहरु मारेको कथामा आफुले सकेको न्याय दिने कोशिश गरेको र आफुले यस चलचित्रमा एउटा कथा र गीतमा पनि स्वर दिएको बताएकि छिन ।

निर्माता चन्द्र बहादुर गुरुङ भन्नु हुन्छ गुरुङ संस्कार संस्कृति , भेषभुषा र भाषा लाई संरक्षण र प्रवर्द्धनमा यस चलचित्रले ठुलो भुमिका खेल्ने पनि दाबी गरेका छन। आर्थिकको मात्रा फाइदा होला भनेर हामीले चलचित्र निर्माणमा लागेको होइनौ, हाम्रो भाषा संस्कार संस्कृति भाषा भेषभुषा जोगियोस भनेर लागेको हौं निर्माताहरुले बताएका छ्न।
चलचित्र चन्द्र बहादुर गुरुङ, नवराज घले , सुर्य घले , नन्द बहादुर गुरुङ, कालु गुरुङ, संग्राम गुरुङ, राकेश गुरुङ,दबिराम गुरुङ,केश गुरुङ लगायतको संयुक्त लगानी रहेको मारक्यु चलचित्र पुर्वी लमजुङको दोर्दि गाउपालिका – ५ छैलुङ र वाक्सोरामा छायाङ्कन गरिएको हो |
यस चलचित्रमा निर्देशन दिनेश गुरुङले गरेको छ भने यसै चलचित्र बाट डेब्यु गरेका हुन । लेखक निर्देशक सुबास गुरुङ (गणेश) को कथा पटकथा संवाद लेखन रहेको चलचित्रमा मुख्य भुमिका खुशि गुरुङ, कमल गुरुङ, रोशनी गुरुङ, संग्राम गुरुङ गज बहादुर गुरुङ लगायत कलाकारहरुले अभिनय गरेका छन भने सुशान्त प्रजापति छायांकन , उज्वल ढकाल सम्पादन , पार्स्व संगित धन बहादुर गुरुङ, सैलेश श्रेष्ठ , कलर सन्तोष मालाकार, साउन्ड डिजाइनर मिक्सिङ अमृत श्रेष्ठ , संगित रामकुमार गुरुङ(Rk, सुर्य घले, रचनाकार सुबास गुरुङ, गायक गायिका राम कुमार गुरुङ, जुना गुरुङ, खुशी गुरुङ , मेक अप बिक्रम थापा , नृत्य निर्देशक भारती घलेले गरेका छन।
