Sunday, May 22, 2022
Google search engine
Homeअन्य | OTHER LINKआलेख | ARTICLE‘स्वर्गकाे एक फन्काे’ लाई फन्काे मार्दा

‘स्वर्गकाे एक फन्काे’ लाई फन्काे मार्दा

‘स्वर्गकाे एक फन्काे’ लाई फन्काे मार्दा

शर्मीला न्यौपाने | सेतो पाटी | नयाँ पुस्ताकी कवि रोशनी गुरूङको कविता सङ्ग्रह ‘स्वर्गको एक फन्को’ मा सङ्ग्रहित यी हरफले कविमा रहेको देशप्रेमलाई ओतप्रोत रूपले झल्काएको छ।

परदेश गएकाहरू सबैले
तिमीले जस्तै घरदेश बिर्सने हो भने
कपाल सेतै फूलेकी आमाहरूले
पिँढीमा टोलाउँदै बसेर
वर्षौसम्म कसको बाटो हेर्ने?…पृष्ठ २८

लामो समयदेखि रेडियो र पत्रकारितामा संलग्न रहँदै आएकी कवि गुरूङका कविताहरू धेरै पहिलाबाट नै सामाजिक सञ्जालमा पढ्दै आएकी थिएँ।

नवीन शिल्प र शैलीमा लेखिएका यिनका कवितामा सरलता र सहजता पाइन्छ। सामान्य पाठकले पनि सरल रूपमा बुझ्न सक्नु यिनका कविताको विशेषता हो। गुरूङ समुदायमा जन्मि हुर्केकी कवि गुरूङमा आफ्नो संस्कार संस्कृति परम्परा रितिथिति भेषभुषाप्रति अगाध स्नेह रहेको छ।

‘स्वर्गको एक फन्को’ कविताको शीर्षकमै मिथकता देख्छु। नयाँ पुस्तामा पनि यति धेरै आफ्नो संस्कार संस्कृतिप्रति गहिरो सचेतना भेटिन्छ। जसको प्रमाण यो कविता संग्रहकै प्रथम कविता ‘मैले धरती छोडेको दिन’मा पाउन सकिन्छ। यो एउटा कविता पढ्दा गैर गुरूङ समुदायले पनि गुरूङ समुदायको मृत्यु संस्कारलाई छर्लङ्ग बुझ्न सक्छन्।

पच्यूँको ट्हौंगी टौंगी
क्हलेप्रीको ङह् र छ्योलो
जब शङ्खको धुनसँगै बज्न थाल्छन्
तब म आश्चर्यमा पर्छु के हुँदैछ छ यहाँ?… ‘मैले धरती छोडेको दिन’ पृष्ठ नंः १०

जम्मा २८ वटा कविताको सञ्चयन रहेको ‘स्वर्गको एक फन्को’ कविता सङ्ग्रहमा रहेको हरेक कविताले कविको आफ्नो जन्मथलो, आफ्नो कला, संस्कृति, धर्म, परम्परा, माटोको माया आदि बोलेको छ।

स्वर्गका कुरा, पुर्खाको परम्परा, परदेशी छोराका पर्खाइमा रहेकी बुढी आमाको त्यो कारूणिक व्यथाले मनलाई चिसो बनाउँछ। आफ्ना स्वर्गीय बाबासँग आफ्नो जन्मस्थान कास्कीको याङ्जाकोटमा बिताएको  वालापनको मीठासपूर्ण ढङ्गले विशुद्ध आर्गानिक तरिकाले वर्णन गरेकी छन्।

पहाडी जनजीवन नदेखेका नभोगेकाको लागि पनि सजीव चित्र हुन् यीनका कविता। जसमा रोधी घाटुदेखि मालश्री धुनको पनि चर्चा गरेकी छन्। पर्यटकीय हिसाबले पनि सुन्दर आफ्नो गाउँठाउँप्रति यति धेरै स्नेह र लगाव हुनुले पनि कविमा माटोप्रतिको मोह कति छ भनेर बुझ्न सकिन्छ।

गाउँको परिवेशमा केन्द्रित रहेर लेखिएका अधिकांश कवितामा गाउँको मीठास पाईन्छ। पुसे पन्ध्र, दशैं, असारे रोपाईँको रमाइलोमा गजब मीठास पाइन्छ। प्रेमका मीठासपूर्ण भावना, प्रेमीको प्रतिक्षाका साथै दशैंको आगमन हुँदै गरेको अवस्थामा गाउँघरमा हुने चहलपहल रातो कमेरो माटोले घर लिप्ने पोत्नेदेखि लिएर पिङ हाल्ने कुरा समेतलाई ‘दशैं’ शीर्षकको कवितामा मीठासपूर्ण तरिकाले उतारेकी छन्।

कविता पढ्दै जाँदा त्यस ठाउँमा कवि नभएर स्वयम् नै त्यहाँ भएको महसुस गरायो। नेपाली भाषामा नै लेखिएको कविता सङ्ग्रह भए पनि गुरूङ संस्कार र परम्परासँग जोडिएका थुप्रै गुरूङ भाषाका शब्दको प्रयोग भएको छ।

यसबाट पनि कविको आफ्नो मातृभाषाप्रतिको मोह र उच्च सम्मानलाई बुझ्न सकिन्छ। आफ्नो मातृभाषामा लेखिएका शब्दलाई नोटका रूपमा तल नेपाली भाषामा समेत शब्दको अर्थ प्रष्ट पारिएको छ।

पच्यू र क्हलेप्री-गुरूङ पुरोहितहरू
रि च्हमीहरू-चेलीबेटीहरू… आदि पृष्ठ नंः१५

गाउँले परिवेश पहाडी हावापानी, जडिबुटी, खेतखल्यान, गोठाले जीवन, परदेशीका पीडादेखि लिएर मायाप्रेमको मधुर सुगन्धले भरिपूर्ण ‘स्वर्गको एक फन्को’ कविता सङ्ग्रह नै एउटा मिथक परम्परा र प्रतीक जस्तो लाग्छ।

आजको २१औं शताब्दीमा पनि स्वर्ग पुग्ने मरिसकेका पितृसँग भेट हुने चाहना राख्ने जस्ता विचारले कविमा मिथकीय चेतना मरेपछि स्वर्ग या नर्क पुगिन्छ भन्ने परम्परागत सोचाइ रहेको देखिन्छ।

प्रायः सबै विषयमा सरल र सहज तरिकाले कलम चलाउन सक्नु र झिनो विषयवस्तुलाई पनि मीठो कविताको स्वरूपमा ढाल्नसक्नु कवि रोशनी गुरूङको कविमा हुनुपर्ने मुख्य गुण रहेको छ। यीनका कविताहरु कविता बनाउनका लागि करबलले कोरिएका छैनन्। आफूले जे देखिन्, जे भोगिन् त्यहिँ भावना नै कविता बनेको छ।

दु:ख कहिल्यै घामसँग अस्ताएन 
याद र सम्झना पनि
कहिल्यै पानीसँग पखालिएन।… पृष्ठ नंः८२

नयाँ पुस्ताका कविका बीचमा आफूलाई उभ्याउन सफल कवि गुरूङका कवितामा आफ्नै किसिमको सुगन्ध पाउन सकिन्छ।

स्वच्छन्दवादी शैलीमा रचिएका कविताले सामान्य पाठकदेखि साहित्यमा विशेष दखल राख्ने वर्गकोसमेत ध्यानाकर्षण गर्न सफल छ।

कविता पढ्ने क्रममा कतैकतै भने पदसंगती नमिले जस्तो लाग्छ। यस्तो हुनुमा कविको मातृभाषाको प्रभाव पनि हुनसक्छ। नयाँ पुस्ताका कविले व्यथिति विसंगति र राजनीतिक अवस्थालाई कडा रूपमा उठान गर्न नसकेको देखिन्छ। अन्य पक्ष भने उत्कृष्ट छन्।

पृष्ठ ९ देखि पृष्ठ ८६ सम्म अनुबन्धित कविता पढ्दै जाँदा कहिँकतै झिंझो लाग्ने यस्तो भएको भए हुने थियो भन्ने ठाउँ भेटिएन।

कविता जस्तै मीठो साजसज्जामा रहेको कविता सङ्ग्रहको शीर्षक र बाहिरी आवरणले नै पाठकलाई कविता सङ्ग्रह भित्र प्रवेश गर्न कौतुहलता जगाउँछ। भाषिक शुद्धाशुद्भिमा पनि विशेष रुपमा ध्यान पुर्‍याएको कविता सङ्ग्रहलाई गुरुङ साहित्यिक मञ्च नेपालले २०७६ पुसमा प्रकाशनमा ल्याएको हो।

सरल भाषा शैलीमा आफूले देखे भोगेको समाज परिवेशलाई उतार्नसक्ने क्षमता भएकि कवि रोशनी गुरूङका अझै शसक्त र अब्बल कविता कृति पढ्न पाइयोस्। यसका लागि कविलाई बधाई तथा शुभकामना।

परदेश गएकाहरू सबैले
तिमीले जस्तै घरदेश बिर्सने हो भने
कपाल सेतै फूलेकी आमाहरूले
पिँढीमा टोलाउँदै बसेर
वर्षौसम्म कसको बाटो हेर्ने?…पृष्ठ २८

नयाँ पुस्ताकी कवि रोशनी गुरूङको कविता सङ्ग्रह ‘स्वर्गको एक फन्को’ मा सङ्ग्रहित यी हरफले कविमा रहेको देशप्रेमलाई ओतप्रोत रूपले झल्काएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments