Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONसमाजसेवी स्व. गोपाल गुरुङको प्रथम स्मृति दिवस सम्पन्न ।

समाजसेवी स्व. गोपाल गुरुङको प्रथम स्मृति दिवस सम्पन्न ।

समाजसेवी स्व. गोपाल गुरुङको  प्रथम स्मृति दिवस सम्पन्न ।

यही सावाण  ९ गते वरिष्ठ समाजसेवी स्व. गोपाल गुरुङको प्रथम स्मृति दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।

पोखरा रंगशाला अगाडी रहेको पञ्चकोशी समाज घरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । गत वर्ष काठमाण्डौंमा ६२ वर्षको अल्पायुमा  उपचारको क्रममा उहाँको निधान काठमाडौंमा  भएको थियो ।

पञ्चासे क्षेत्रको समग्र विकासको निम्ति विगत तीन दशक देखि निरन्तर लागि रहनु भएका गुरुङलाई सधै जिवित राख्नको लागि पञ्चासे संग सरोकार राख्ने विभिन्न संघसंस्था, समाज र गन्यमान्य व्यक्तिहरुको सुझाव अनुसार पञ्चासेमा गोपाल स्मृति पार्क निमार्ण गर्ने निर्णय भएको थियो ।

सो पार्क निमार्णको लागि क्या. हितमान गुरुङको अध्यक्षतामा एघार सदस्यीय गोपाल पञ्चासे स्मृति पार्क निमार्ण उपभोक्ता समिति गठन गरिएको थियो ।
प्रथम स्मृति दिवस सोहि समितिको आयोजनामा  मनाइएको हो ।

आफ्नो  सारा जीवन समाजसेवामा बिताउनु  भएका गुरुङ  जीवनको पूर्वार्धमा राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले पञ्चायतकालमा प्रधानपञ्च र बहुदलिय व्यवस्था आए पश्चात समेत गा.वि.स.अध्यक्षमा निर्वाचित भई गाउँ र जनताको सेवा गरेका थिए ।

उनको नेतृत्वकालमा गाउँमा खानेपानी, सडक, सिँचाइ, हेल्थपोस्ट, वनसंरक्षण जस्ता अनेक विकासका कार्य भएका थिए । २०५४ पश्चात उनको ध्यान पञ्चासे क्षेत्र तर्फ गयो ।

सक्रिय राजनीतिदेखि थौरै पर रहेर पूर्णरुपमा समाजसेवी भई धार्मिक र पर्यटकिय दृष्टिकोणले अति महत्व बोकेको पञ्चासेको विकासमा दत्तचित्त भइ लागे ।

पञ्चासे वरपरका विभिन्न संघसंस्था र सरोकारवाला निकायहरुसँग आवद्ध भई गुरुयोजना बनाउनुका साथै पञ्चासेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन उनको मुख्य भूमिका छ ।

सहयोग स्वरुप उहाँको परीवार, चेलिबेटी, विभिन्न संघसंस्थाा र ब्यक्तिहरुद्वारा रकम हस्तान्तरण गरिएको थियो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments