Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसञ्‍चारमन्त्री पार्वत गुरुङ भन्छन्- ‘गलत सूचना र सल्लाहलाई क्षमा दिइन्‍न’

सञ्‍चारमन्त्री पार्वत गुरुङ भन्छन्- ‘गलत सूचना र सल्लाहलाई क्षमा दिइन्‍न’

काठमाडौं असोज २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित स्वागत समारोहमा उनले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न ।’

मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस सङ्कटमय घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौंलाख बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औंल्याए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments