पर्वतबाट हङकङमा कर्मथलो बनाइरहेका नेपालीहरूको छाता सांस्था पर्वतमञ्च हङकङले जनवरी ७ तारिख शुभकामना आदनप्रदान तथा वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । अङ्ग्रेजी नयाँ वर्षा २०२३ सालको अवसरमा हुने कार्यक्रम हङकङको जोर्डन स्थित याक एन यति रेस्टुरेन्ट एन्ड वारको सभा हलमा हुँदैछ । उक्त्त कार्यक्रममा भाग्यशाली चिठ्ठा र विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिने अध्यक्ष दुर्गा घोताने मिलनले गोर्खाली रेडियोलाई बताउनुभयो ।
हङकङमा रहेका आर्थर डाँडाखर्क सहयोग समिति हङकङ, पञ्चासे सहयोग समिति हङकङ, चार भञ्ज्याङ तमु समाज हङकङ, पैयु खोला समाज हङकङ, दुर्लुङ सम्पर्क समाज हङकङ, देउपुर देउराली समाज हङकङ, बाजुङ समाज हङकङ, भुक समाज हङकङ, पर्वत क्लव हङकङ र पर्वत पुन मगर समाज हङकङ लगायतका इकाई संस्थाहरूबाट उपस्थिति रहनेछ।
पर्वत मञ्च हङकङले विगतमा गरेको कामहरू
२०१२ नोवेम्बेर २४/२५ मा हिमालायन आँखा अस्पतालको प्राविधिक सहयोग र पर्वत मञ्च हङकङको आयोजनामा सयौलाई आँखा सम्बन्धि सेवा प्रदान गरेको थियो।
पर्वत जिल्लामा रहेका आँखा बिरामीहरूलाई सहयोगार्थ पर्वतमञ्च हङकङले तत्कालिन सचिव तथा वर्तमान अध्यक्ष्य (दुर्गा गुरुङ) मिलनको अगुवाइमा रू २ लाखको अक्षयकोष राखिएको थियो।
हङकङमा नेपाली वहुचर्चित कलाकार लागि पर्वत साँझ सम्पन्न गरेको थियो।कोरोनाको वेलामा पनि यो संस्थाले पर्वतमा सहयोग गरेको र विभिन्न आर्थिक सहयोग गर्दै आएको थियो।
साथै दुर्लुङमा गएको विनासकारी पहिरोमा ज्यान गुमाएका र घरबार विहिन भएकालाई आर्थिक सहयोग गरेको थियो। हङकङमा कोविडको वेलामा कोविड टेस्ट गर्ने , सेनिटाइजर लगायतका अन्य अवश्यकीय चिज वितरण गर्दै आइरहेको छन् ।