Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALविश्व आदिवासी दिवसमा तमु धिं नेपालले शैक्षिक अनुशिक्षण कार्यक्रम गर्ने

विश्व आदिवासी दिवसमा तमु धिं नेपालले शैक्षिक अनुशिक्षण कार्यक्रम गर्ने

पोखरा । २८ औं विश्व आदिवासी दिवस (९ अगष्ट) साउन २४ गते तमु धिं नेपालले यस वर्ष एसईई तमु विद्यार्थीहरुलाई बधाई एवम शैक्षिक अनुशिक्षण कार्यक्रम गरी मनाउने भएको छ।

आदिवासी दिवसलाई सिर्जनात्मक ढंगले मनाउनुपर्छ भन्ने मान्यताका अनुसार तमु विद्यार्थीहरुलाई उच्च शिक्षातर्फ प्रोत्साहन र अभिभावकहरुलाई समेत शिक्षाको महत्वका बारेमा प्रशिक्षित गर्नु पर्ने आवाश्यक भएकाले तमु धिं नेपालले बधाई एवम् शैक्षिक मार्गनिर्देशन हुने गरी कार्यक्रम गर्ने भएको हो।

अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई कार्य गर्न सन् १९९३ अगष्ट ९ देखि बाध्य बनाएको महत्वको दिवसमा चेतना अभिवृद्धि गर्ने शिक्षा सम्बन्धी कार्यक्रम गर्ने तमु धिं नेपालले जनाएको छ।

“तमुहरुको शैक्षिक अवस्था र अबको शिक्षा” विषयक अनुशिक्षण कार्यक्रममा विद्यार्थीसँगै अभिभावकलाई समेत कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान तमूले मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको बताइएको छ।

शिक्षा नै विकास र अधिकारको मुल जड भएकाले आदिवासी जनजातिका लागि अत्यन्तै महत्व राख्ने विश्व आदिवासी दिवस नाचगान र र्यालीमा सिमिति नराखी ज्ञान, सिप आर्जन गर्ने पर्वको रुपमा अघि बढाउनुपर्ने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमूले बताउनुभयो।

तमुहरुलाई शैक्षिक जागरण एवम् प्रोत्साहनमुलक कार्यक्रममा युवा, विद्यार्थी र अभिभावकहरुलाई सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष तमूले आग्रह गर्नुभएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments