Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALवरिष्ठ समाजसेवी दुर्गा घोताने गुरुङ मिलन सम्मानित

वरिष्ठ समाजसेवी दुर्गा घोताने गुरुङ मिलन सम्मानित

पोखरा । वरिष्ठ समाजसेवी तथा पर्वत हङकङ मञ्चका अध्यक्ष दुर्गा घोताने मिलन सम्मानित भएका छन् ।

पोखरा महानगरपालिकामा रहेको मगर संघ कास्कीको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय संघ कास्कीले गुरुङलाई सम्मान गरेको हो । वरिष्ठ समाजसेवी लाई नेपाल मगर सांस्कृतिक संघका वरिष्ठ सल्लाहकार चन्द्रप्रकाश थापामगरले सम्मानपत्र र अध्यक्ष सरिता सारु मगरले खुर्पेटो आकृतिमा राखिएको घडी मायाको चिनो हस्तान्तरण गरे । नेपाल मगर सांस्कृतिक संघ कास्कीका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पवित्र कोइरालालगायत सहभागी थिए ।

कार्यक्रममा मन्तव्य राख्दै समाजसेवी गुरुङले भावी दिनमा पनि सहयोग जारी राख्ने वचन दिएका थिए । नेपाल मगर सांस्कृतिक संघ कास्कीले आयोजना गरेको ‘असहाय तथा विपन्न परिवारहरुको सहयोगार्थ’ मगर सांस्कृतिक उत्सवमा हङकङ निवासी गुरुङ आर्थिक सहयोग गरेको र समाजमा अतुलनीय योगदान दिएको सम्मान गरिएको हो । पुस ३० गते भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्री पञ्चराम गुरुङ प्रमुख अतिथि थिए । हङकङ निवासी पर्वतका गुरुङ हाल नेपालमा भ्रमणमा छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments