रोग प्रतिरक्षा शक्ति बढाउने औषधी भुजुङ युम्पो तमु समाजलाई वितरण
असार २० | पोखरा।
रोग प्रतिरक्षा शक्ति बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी आज असार २० गते भुजुङ युम्पो तमु समाज, जयगंगा मार्गका अध्यक्ष इन्जिनियर रामचन्द्र गुरुङको र क्होला सोंथर गाउँपालिकाको कार्यपालिका सदस्य गमी गुरुङको रोहबरमा १५० परिवारको ७५० जनालाई एक महिनाको लागि औषधी नि:शुल्क वितरण गरिएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रको समन्वयमा अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश र किरण होमियो फार्मेसी रामबजारको व्यवस्थापन तथा मिलन फाउण्डेशन नेपाल र गुरुङ चलचित्र ङ्हेल्स्यो सैनाको युनिटको सहकार्यमा उक्त औषधी वितरण गरेको हो ।
यसरी वितरण गरिएको एक फेमिली प्याकेज बराबर ५ जना परिवारलाई पुग्ने सो औषधीको कुनै साइड इफेक्ट नभएको र दुई वर्ष भन्दा मुनिका बाबुनानी, गर्भअवस्था भएको माहिला र अशक्त विरामी बाहेक अन्यले निर्धक्क सेवन गर्न सक्ने कुरा अल नेपाल होमियोप्याथिक, गण्डकी प्रदेश समितिका अध्यक्ष डा.बिष्णु प्रसाद चापागाईंले जानकारी गरे ।
भुजुङ समाजका पूर्व सचिब टेक बहादुर चोर्मी तमुले भुजुङ युम्पो तमु समाज र तमु प्ये ल्हु संघ बीच छुट्टै गहिरो सम्बन्ध छ । तमु प्ये ल्हु संघले आयोजना गर्ने हरेक ल्होसार र कार्यक्रममा समाज सहभागी भइरहेको र तमु प्ये ल्हु संघको ल्होसारमा आयोजित सामुहिक नृत्य प्रतियोगितामा आफ्नो समाज पनि सहभागि भइ तिन चोटी प्रथम भएको जानाकारी दिनुभयो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले भुजुङमा मौलिकता बोकेको घर, भाषा, धर्म र संस्कार र संस्कृति छ जस्ले हाम्रो मौलिकता बचाउछ भन्नु भयो। त्यसैले यसलाई बचाउन भुजुङेलाई आग्रह गर्नुभयो ।
क्याम्ब्रीज विश्व विद्यालयको सहयोगमा तमु प्ये ल्हु संघले गर्न लागेको क्होला सोथर उत्खननको बेला संघले भुजुङ युम्पो तमु समाज लाई पनि प्रतिनीधीको रुपमा लैजान्छौ । त्यस्को लागि आफ्नो सांस्था बाट प्रतिनिधीको रुपमा जान र सहयोग गर्न तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव हर्क योज तमुले अनुरोध गरे ।
भुजुङ युम्पो तमु समाजका अध्यक्ष ई. रामचन्द्र तमुले आफ्नो संस्थाका सदस्यहरुलाई रोगबाट बचावटको लागि रोग प्रतिरक्षा शक्ति बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी वितरण गरि तमु प्ये ल्हु संघ र सहयोगि सस्थाहरुले यो पुर्ण्य कार्य गरेकोमा आभार एवं धन्यवाद ब्यक्त गर्दै प्ये ल्हु संघको योजनामा भुजुङ युम्पो तमु समाज पनि अबस्य सहकार्य गर्ने बचनबद्धता दिनु भयो ।