राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारीता पुरस्कार २०७९ बाट नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिका सचिव तथा अधिवक्ता मनोज घर्ती मगर पुरस्कृत हुनुभएको छ । नेपाल मगर पत्रकार संघ कास्की साखाको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण केन्द्रिय समितिको सहयोगमा भएको एक कार्यक्रम वीच मगर पुरस्कृत हुनुभएको हो ।
मगरलाई प्रमुख अतिथि नेपाल मगरसंघ केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले प्रमाण पत्र नगद १० हजार रुपैया र फेटाले सम्मान गर्नुभएको थियो । सम्मानीत पछि उहाँले पुरस्कारको लागि धन्यबाद व्यक्त गर्नुहुँदै पुरस्कारले थप जिम्मेवारी वढेको बारे बोल्नुभएको थियो ।
प्रमुख अथितिथ अध्यक्ष पुन मगरले मगर सामुदायको संस्कार संस्कृति संरक्षणमा सबै मगरहरु लागि पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्त हुनुभएकोमा सुरेन्द्र थापामगरलाई पनि खादा, फेटा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर महिलासंघ केन्द्रिय अध्यक्ष हिरु रानामगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति केन्द्रिय अध्यक्ष हर्क आलेमगर, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले आप्mनो हक अधिकारका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा चाउथे मगर एकाई समितिले कौराहा नृत्य प्रस्तुत गरिएको थियो ।