Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALरामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई खाजाका लागि सहयोग

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई खाजाका लागि सहयोग

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई खाजाका लागि सहयोग
आकास गुरुङ | पोखरा, ११ माघ | रामबजार क्षेत्रका जेष्ठ नागरिकहरुको भेटघाट एवम अनुभव आदानप्रदान गर्ने केन्द्रको रुपमा स्थापित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई रामबजार सोसाईटी युकेका महासचिव सरोज गुरुङ र सदस्य सुनिल गुरुङले सहयोग गर्नुभएको छ।
जेष्ठ नागरिक मिलन केन्द्रमा मंगलवार आयोजित कार्यक्रममा सहयोगी संस्था रामबजार सोसाइटी युकेका महासचिव सरोज गुरुङ र सदस्य सुनिल गुरुङले केन्द्रका जेष्ठ नागरिकहरुलाई खाजाका लागि १०÷१० हजार रुपैया सहयोग गर्नुभएको हो। सहयोगदाता गुरुङद्धयले केन्द्रका अध्यक्ष समाजसेवी क्याप्टेन थमनसिंह गुरुङ रकम हस्तान्तरण गर्नुभएको हो।
सहयोग रकम हस्तान्तरण गर्नुहुदै रामबजार सोसाइटी युकेका महासचिव सरोज गुरुङले भगवान जस्ता जेष्ठ नागरिकका लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो।
अर्का सहयोग रामबजार सोसाइटी युकेका सदस्य एवम सामाजिक अभियन्ता, केन्द्रका परिकल्पनाकार महेश गुरुङको सुपुत्र सुनिल गुरुङले आफुहरुको सहयोग शुरुवात मात्र गरेको र जेष्ठ नागरिकहरुको आर्शिवादकै आगामी दिनमा थप सहयोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा युकेबाट आउनु भएको सहयोगदाताहरु रामबजार सोसाइटी युकेका महासचिव सरोज गुरुङ, सदस्य सुनिल गुरुङ, हेराईलो प्रतिष्ठानका संस्थापक रोश गुरुङ, केन्द्रका परिकल्पनाकार सामाजिक अभियन्ता महेश गुरुङलाई अध्यक्ष क्या.थमनसिंह थापाले स्वागत गर्नुभएको थियो ।
रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या.थमनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ज्ञानबहादुर थापाले गर्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments