Google search engine
Homeसमाचार | NEWSयात्रा | TRAVELयु.जी.एसअमेरिकाका अध्यक्ष गुरुङले पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना गरे

यु.जी.एसअमेरिकाका अध्यक्ष गुरुङले पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना गरे

यु.जी.एसअमेरिकाका अध्यक्ष गुरुङले पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना गरे
उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ(कोने तमु) उहाँको धर्मपत्नी जमुना गुरुङबाट रु. ४ लाख, १५ हजार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग प्राप्त भएको छ |


अध्यक्ष प्रदिप गुरुङले उक्त रकम आफ्नो स्वर्गीय पितृ खे-माँहरु १) स्वर्गीय जेठी बजै प्रभा श्री गुरुङ स्मृति अक्षयकोष, २)स्वर्गीय बाजे केशु गुरुङ र कान्छी बजै मनमाया गुरुङ स्मृति अक्षयकोष, र ३)स्वर्गीय बाबा मनबीर गुरुङ स्मृति अक्षयकोष स्थापना गर्न पठाउनु भएको हो |

उक्त सहयोग रकम अध्यक्ष गुरुङको स्व. बजेको बहिनी फुपु बजै श्रीमती नासिरी गुरुङको घर पोखरा-१६ दिपमा हिजो  एक औपचारिक कार्यक्रम गरि प्रतिष्ठानलाई रकम  हस्तान्तरण गरिएको हो |

परिचय कार्यक्रमबाट शुरु भएको कार्यक्रममा  प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर तमुले ९३ वर्षीय बृद्ध पुज्यनीय फुपु बजै श्रीमती नासिरी तमुलाई खादा लगाई स्वागत  गर्नु भयो |

कार्यक्रममा ९३ वर्षीय बृद्ध पुज्यनीय फुपु बजैले आफ्नो दुई भाईहरु   र छोरा बुहारीहरुको रोहवरमा अमेरिका, नार्थ कारोलाइन, चर्लोट निवासी आफ्नो नाती प्रदिप गुरुङले आफ्नो स्वर्गीय बाजे-बजै र बाबाको स्मृतिमा ३ जना गरिब एवं जेहन्दार तमु विधार्थी छात्रवृत्ति अक्षयकोष  स्थापन गर्न र प्रतिष्ठानको आजीवन सदस्य बन्नको लागि पठाउनु भएको रु. ४ लाख, १५ हजार नगद रकम प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर तमु र कोषध्यक्ष कौसिला तमुलाई  हस्तान्तरण गर्नु भयो | रकम हस्तान्तरण पछी “७५ वर्ष सम्म वेपत्ता भएको एक मात्र भाईको नातिले आफ्नो पुर्खाको परिवार खोजि गरि आज आपनो पुर्खा/पितृ(खे-माँ)को स्मृतिमा गरिब एवं जेहेन्दार विद्यार्थी अक्षयकोष स्थापना गरि धेरै राम्रो काम गरेकोमा ज्यादै भावुक हुँदै नाति र नातिको परिवारलाई सु-स्वास्थ्य, सुख सम्वृद्धि, चिरायु होस् भनि आशिर्वाद दिनु भयो |

कार्यक्रममा अक्षयकोषदाता प्रदिप गुरुङका अफन्ताहरु खम्बासिङ्ग गुरुङ, अमर गुरुङ, केशबहादुर गुरुङ, महिला ब्यबसायी एवं नेत्री पवित्र गुरुङ र युथ कम्युनिटी क्लब अफ पोखराका सदस्य तथा युवा ब्यबसायी रोशन गुरुङले अक्षयकोषदाता गुरुङको बारेमा आफ्नो धारणा राख्नु भएको थियो |

कार्यक्रममा महिला ब्यबसायी एवं नेत्री पबित्र गुरुङले प्रतिष्ठानको आजीवन सदस्य बन्न अनुरोध गर्दै आजीवन सदस्य शुल्क रु १०,०००/- को चेक प्रतिष्ठानका कोषाध्यक्ष कौशिला गुरुङलाइ हस्तान्तरण गर्नु भयो |

प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङले अमेरिकामा रहेर पनि अक्षयकोषदाता गुरुङले आफ्नो परिवार र तमु जातिको धर्म भाषा संस्कार सांस्कृतिक खोजी गरि सम्रक्षण सम्बर्द्धन र उत्थान गर्नको लागि पितृ खे-माँको  स्मृतिमा ३ जना गरिब एवं जेहेन्दार तमु विद्यार्थी छात्रवृत्ति स्थापना गर्नुको साथै प्रतिष्ठानको आजीवन सदस्य बन्नु भएकोमा आफ्नो व्यक्तिगत एवं प्रतिष्ठानको तर्फबाट उहाँ एवं उहाँको संस्था युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकालाई हार्दिक धन्यवाद दिदै आभार प्रकट गर्नु भयो |

कार्यक्रममा अक्षयकोषदाताका आफन्तहरु ले. उद्र बहादुर गुरुङ श्रीमती ओमसुवा गुरुङ सुबेदार टेक बहादुर गुरुङ, सुष्मिता गुरुङ र प्रनिश गुरुङको उपस्थिति रहेको थियो |

कार्यक्रमको सहजीकरण रोशन तमु, फोटो एवं भिडियो छायाँकन प्रतिष्ठानका सदस्य एवं वेबसाइट प्रबन्धक मणिलाल तमुले सहयोग गरेका थिए भने संचालन प्रतिष्ठानका सचिव भेष बहादुर तमुले गरेका थिए |

Photo Gallery

{AG}ugsa-scholarship{/AG}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments