Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNयुएईमा कोभिड - १९ को नयाँ संक्रमित ३८०,संक्रमित संख्या ४५,६८३ र संक्रमित...

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ३८०,संक्रमित संख्या ४५,६८३ र संक्रमित २ जनाको मृत्यु ।

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन २३ तारिख मंगलबार ३८० जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ४५,६८३ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ६५७ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ३३,७०३ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३०५ जना पुगेको छ भने संक्रमित बिरामी ११,६७५ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

त्यसैगरी नेपाली राजदुतावास युएईले नेपाल फर्किन अनलाइन मार्फत फाराम भरेका नेपाली नागरिकहरुको एकिकृत नामावली प्रकाशन गरेको छ।उक्त सुचीमा ४११० जनाको नामावली प्रकाशित गरेको छ। एकीकृत नामावली प्रकाशन संग संगै नामावलीमा नाम प्रकाशित भएका नेपाली नागरिकहरुले आफ्नो सुबिधा अनुसार जुनसुकै एयरलाइन्सको हवाई टिकट लिन सकिने व्यवस्था गरेको छ। हिमालयन एयरलाइन्स ,नेपाल एयरलाइन्स,एयर अरेबिया र फ्लाइ दुबईले तोकेको मिति र समयमा उडान भर्ने नेपाल राजदुतावास युएईले जनाएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments