Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSमहिला क्रिकेटमा नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी

महिला क्रिकेटमा नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी हुनुभएको छ । समुहमा समापन दुई खेलमध्य पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकालेको थियो । पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिनुभएको सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हान्नुभएको थियो । ४३ बलको सामना गर्नुभएकी उहााले १० चौका प्रहार गर्नुहँुदै, ६० रन जोड्नुभएको हो । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाउनुभएको थियो । प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिनुभयो भने पुलिसका दुई खेलाडी रनआउट हुनुभएको थियो । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाएको थियो ।

जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेल्नुभयो । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिनुभयो । त्यसैगरी, अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनाएको थियो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिनुभयो । त्यसैगरी कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिनुभएको थियो । जितका लागि १ सय २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटिको छ । कर्णालीले ८.३ ओभरमा सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुगेको हो । लुम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिनुभएको थियो भने, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिनुभयो । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशवीच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशवीच दोश्रो खेल हुनेछ ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments