Sunday, June 26, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमहिला उपसमितिको दुई दिने उद्घोषण तालिम शुरु

महिला उपसमितिको दुई दिने उद्घोषण तालिम शुरु

महिला उपसमितिको दुई दिने उद्घोषण तालिम शुरु

खिमा गुरुङ, ५ असार, २०७९ | शितला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महिला उप समितिले आयोजना गरेको दुई दिने उद्घोषण तालिम शनिबार शुरु भएको छ । संस्थाका महिला सदस्यहरुको बोल्ने क्षमताको विकास गर्न आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष रिटायर क्याप्टेन खड्क बहादुर शाहीले गर्नुभएको हो । शाहीले यो तालिम आफू भित्रको प्रतिभालाई उजागर गरेर आत्मबल बढाउने अवसर भएको बताउनुभयो । उहाँले जोकोहीलाई राजनीति या जुनसुकै क्षेत्रमा उद्घोषणको आवस्यकता रहेको समेत सुझाउनुभयो । करिब ४० जनाको सहभागीता रहेको प्रशिक्षणको सहजीकरण गोर्खाली रेडियो स्टेसन प्रमुख खिमा गुरुङले र सोही रेडियोको प्रस्तोता ईन्द्र गुरुङले गर्नुभएको हो । त्यस्तै संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठ र सहजकर्ता एवं उपाध्यक्ष कलिमाया पौडेल रेग्मीले कि नोट स्पिकरको रुपमा प्रेरणादायी कुराहरु राख्नु भएको थियो । संस्थाककी महिला उपसमिति अध्यक्ष एवं कार्यक्रम संयोजक शारदा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कलिमाया पौडेल रेग्मीले र सञ्चालन सचिव सुबेदार ईन्द्र गुरुङले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments