बेलायत निवासी दप्पतीद्वारा छोराको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना
पोखरा १७ असोज । बेलायत बस्दै आएका कस्कीको पोखरा रामबजारका प्रेमबहादुर बिक र कमला बिकले दप्पतीले छोरा दिपकको पाँचौ वार्षिक पुण्यतिथि अक्षय कोष स्थापना गरेका छन् ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्याउने उद्देश्यसाथ बिक दम्पत्तीले शनिबार पोखरा–१५ फलेपाटनसिथ्त सिद्ध माविमा १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरिदिएका हुन् ।
विक परिवारबाट स्वर्गीय दिपकका हजुरबुवा जंगबीर विश्वकर्माले नगदै रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीलाई हस्तान्तरण गर्दै कोष संचालनमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
हाल बेलायतमा बस्दै आएका प्रेमबहादुर बिक दम्पत्ती भने कार्यक्रममा सहभागी थिएनन् ।