Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSबागमती प्रदेश स्तरिय छनौट प्रतियोगितामा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम

बागमती प्रदेश स्तरिय छनौट प्रतियोगितामा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम

चितवन, १९ फागुन । बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगितमा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।

गुरुङ्गले आज भएको ७३ के.जी. महिला समुह तर्फ कालिका नगरपालिकाका मोनिका तामाङलाई हराउन सफल भएकी हुन् । उनले इच्छाकामना तेक्वान्दो डोजाङको तर्फबाट सहभागीता जनाएकी थिइन् ।

बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा इच्छाकामना गाउँपालिकाबाट ८ मध्ये ७ विधामा सहभागीताका लागि खेलाडी पठाएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले हेटौडामा हुने बागमति प्रदेश स्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही फाल्गुण २८ देखि चैत्र ५ गतेसम्म हुने बागमति प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङ्गले जानकारी दिएका छन् । उद्घाटन खेल हेटौडामा र समापन चितवनको माडीमा हुने गुरुङले बताए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments